२६ भाद्र २०८१, बुधबार

सम्भव बनाउँदै छन, मङ्गल ग्रहमा मानवबस्ती

Khabarsabaiko शुक्रबार, माघ ०४, २०७५

खबर सबैकोडटकम , ३ माघ २०७५
काठमाडौँ। मंगल ग्रहमा पनि मानव बस्ति बसाल्न सक्ने चिनिया बैज्ञानीकहरुले अनुसुन्धान गरेका छन । मार्स अर्थात् मङ्गल ग्रह जो एउटा मरुभूमिको ग्रह हो जहाँ जीवनको कुनै सम्भावना छैन। तर केही वैज्ञानिकहरू टेराफा‘र्मिंगको अवधारणबाट मङ्गल ग्रहलाई पृथ्वी जस्तै हरियाली बनाउन सकिन्छ र त्यहाँ पनि मानिसहरको बस्ती बसाल्न सकिन्छ भन्नेमा अनुसुन्धान गरेका छन ।
टेराफार्मिंग कतिपय व्यक्तिहरूको लागि नौलो शब्द पनि हुन सक्छ। तर यो कुनै नौलो शब्द होइन। वैज्ञानिकहरू धेरै समय अगाडि देखि यो प्रोसेसको आधारमा बिरानो ग्रहमा मानवबस्ती बनाउने सपना देखिरहेका छन् र त्यसमा सबैभन्दा पहिले मङ्गल ग्रहको नाम आउँछ। त्यसैले विश्वका विकासशील देशहरुले आफनो प्रभुत्व कामयम गर्नको लागि पनि अहिले विकल्पको बाटो अपनाएक छन ।
चीनले उर्मायो कपासको बीउ
चीनले चन्द्रमामा पठाएको कपासको बीउ उम्रिएको छ। चीनको अन्तरिक्ष अभियान चांगअ ले चन्द्रमामा लिएर गएका केही बीउहरू उम्रिएको चीनको अन्तरिक्ष प्रशासनले सार्वजनिक गरेको छ।
चीनले चन्द्रमामा पठाएका कपासका बीउ उम्रिएका चीनका सरकारी संचारमाध्यमले बताएका छन । चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो पटक हो । चीनले चन्द्रमामा कपास उम्राने परिक्षण शुरु गरेकोछ । कपास विउवाट चन्द्रमामा टुसा उम्रीएको फोटो चीनले सार्वजनिक गरेकोछ ।
चीनले चांगे ४ नामको रकेट रोवोट चन्द्रमामा पठाएको थियो । यहि जनवरी ३ मा सो रोवोट चन्द्रमाको धर्तीमा सकुसल अवतरण भएको थियो । चन्द्रमामा कपासको बीउ उम्रिएको घटनालाई अन्तरिक्षको अभियानमा महत्वपूर्ण उपलब्धि मानिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्