०२ कार्तिक २०८१, शुक्रबार

तेतिस किलो सुनको बिषय लाई लिएर उच्च अदालतले गर्र्याे कारवाही

Khabarsabaiko शुक्रबार, माघ ०४, २०७५

खबर सबैको डटकम माघ ३ गते
काठमाडौं –उच्च विराटनगरले अदालतले एकै पटक पाँच न्यायाधीशलाई कारवाही गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई तीब्रता दिदै गलत नियतले न्याय सम्पादन गरेको भन्दै कारवाही गरेका हुन् । कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण,सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल रहेका छन् । सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशहरु न्यायपरिषद् सचिवालयमा तानिएका हुन् ।पाँच न्यायाधीशलाई कागजमा झिकाउन सर्वाेच्च अदालतबाट पत्र तयार भएको स्रोतले जनाएको छ । ३८ क्वीन्टल सुन तस्करी काण्डमा नयाँ मोड आएको छ। यो तस्करीमा संलग्न प्रहरीका उच्च अधिकारी नै जेल चलान भएका थिए। त्यसको केही समयपछि ती उच्च अधिकारी धमाधम अदालतबाट धरौटीमा रिहा पनि हुँदै आएका थिए। सर्वोच्च अदालतको नेतृत्वमा चोलेन्द्र शम्शेर जबरा आएसँगै त्यसरी तस्करलाई छोड्न आदेश दिने न्यायाधीशहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइएको थियो। जसको फलस्वरुप पाँच न्यायाधीशलाई कारबाही भएको छ।
सुन तस्करीको मुद्दा विराटनगर उच्च अदालतमा चलेको थियो। यो तस्करी काण्डमा तीन जनाको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको थियो। ३८ क्वीन्टल सुन तस्करी र केही व्यक्तिको हत्यासमेत भएको मुद्दाका अभियुक्तहरूलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ। सर्वोच्च अदालत स्रोतक अनुसार प्रधानन्यायधीश राणाले गठन गरेको संयन्त्रले न्यायिक निगरानीका क्रममा सही किसिमले काम नगरेको भेटिएपछि उनीहरूलाई काठमाडौं तानेको हो। यसरी कारबाहीमा पर्नेमा न्यायाधीशहरू सारङ्गा सुवेदी, थीरबहादुर कार्की, नागेन्द्र लाभ कर्ण, उमेशकुमार सिंह र उमेशराज पौडेल रहेको सर्वोच्च अदालतनिकट स्रोतले जानकारी दिएको छ। फैसलाको विषयलाई लिएर एकैपटक यति ठूलो संख्यामा न्यायाधीश कारबाहीमा परेको नेपालको न्यायीक इतिहासमा पहिलो घटना मानिएको छ। छुट्न सकेनन् प्रहरी वरिष्ठ उपरीक्षक खत्री यसैबीच विराटनगर अदालतले थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई छाड्न अश्वीकार गरेको छ। राष्ट्रिय समाचार समितिका अनुसार उच्च अदालत विराटनगरले ३८ क्वीन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामै राख्न आदेश दिएको छ।
उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले प्रहरी वरिष्ठ उपरीक्षक खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डङ्गोललाई थुनामै राख्न आदेश दिएको हो। खत्रीलाई त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा चूडामणि उप्रेती (गोरे)को समूहले दुबईबाट भित्र्याएको सुन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलवाट भन्सार छली गरी भित्र्याउने कार्यमा सहयोग गरेको आरोप रहेको छ। य

यहाँ कमेन्ट गर्नुहोस्