१५ चैत्र २०८०, बिहिबार

एकल पुरुषलाई पनि भत्ता वितरण

Khabarsabaiko आइतबार, माघ २०, २०७५

रामेछाप माघ २० गते
रामेछापको खाँडादेबी गाउँपालिका–३ भिरपानीका २५ जना एकल पुरुषलाई भत्ता वितरण गरेको छ। सरकारबाट कुनै पनि शिर्षकमा भत्ता नपाएका एकल पुरुषलाई नगद पाँच हजारका दरले भत्ता वितरण गरेको छ ।विभिन्न कारणले अपाङ्गता भत्ता नपाएका ३८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रति व्यक्ति ६ हजारका दरले भत्ता वितरण गरिएको वडा अध्यक्ष पुस्कर कुमार कार्कीले बताए । त्यसै गरि ७० वर्ष देखि ८० वर्ष उमेर समूहका तीन सय जना जेष्ठ नागरिकलाई लौरो र ८० वर्ष भन्दा माथी उमेर समूहका ८५ जना जेष्ठ नागरिकलाई लौरो सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । आगमी वर्षहरुमा पनि निरन्तर रुपमा चलाउने वडा अध्यक्ष कार्कीले बताए ।वडा अध्यक्ष पुस्कर कुमार कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रेम तामाङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उपाध्यक्ष मखमली श्रेष्ठ नेपाल पत्रकार महासंघका उपाध्यक्ष कैलाश खत्री लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्