१२ मंसिर २०८०, मंगलबार

वन कार्यालयमा मुद्दा हाल्ने व्यक्ती नै नक्कली

Khabarsabaiko आइतबार, माघ २०, २०७५

सरिता चलाउने,

सल्यान माघ २० गते
सल्यानको वन कार्यलयमा मुद्दा हाल्ने व्यक्ती नै नक्कली भएको खुलासा भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का दिपेन्द्र प्रकाश कुंवरको नामबाट निवेदन परेको भन्दै डिभिजन वन कार्यालय सल्यानले माघ १७ गतेदेखि सो ठाउँमा सडक निर्माण भैरहेको काम रोक्न लगाएको थियो ।
छायाँक्षेत्र मन्दिरमा प्रवेश गर्ने प्रमुख सडकको काम रोक्नु पर्ने भन्दै वन कार्यलयमा हालेको उजुरी नै हालेको निवदेन नक्कली भएको बतार्इएको छ । सडकको काम वन कार्यालयले रोके पछि गाउँपालिका र वन कार्यालयको विवाद चर्किएको छ ।

निबेदन दिने दिपेन्द्र प्रकाश कुंवर आईतबार आफै डिभिजन वन कार्यालय सल्यानमा पुगेर आफुले निवेदन नदिएको भन्दै आफ्नो नक्कली हस्ताक्षर कृर्ते भएको बताएका छन् । आफुले विकास चाहने भन्दै उनले आफ्नो नक्कली कृर्ते गरेर निवेदन दिने व्यक्तीलाई पत्ता लगाई कारबाहीको माग गरेका हुन ।

वन कार्यालयले कुनै कुरा नबुझेर नक्कली व्यक्तीको आधारमा आफ्नो काम रोकेको भन्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी सहितका व्यक्तीहरु आक्रोश हुँदै आइतबार डिभिजन वन कार्यालय सल्यानमा पुगेर विवाद भएको छ । केहीबेर विवाद समेत चर्किए पछि प्रहरी परिचालित गरिएको थियो ।

वन कार्यालयले सत्य, तथ्य नबुझेरै आफ्नो अपमान हुनेगरी काम रोकेको गाउँपालीका अध्यक्ष केसीले आरोप लगाएका छन् । उनले भने– “जुनसुकै व्यक्तीले निवेदन दिएकै आधारमा त्यसलाई नबुझेरै कारबाही प्रकृया अगाडी बढाउनु वन कार्यालयको ठुलो कमजोरी हो ।”आफुलाई राजनीतिक तवरबाट सिध्याउन खोज्ने अन्य राजनीतिक दलहरुबाट यस्तो नक्कली निवेदन बनाएको हुनसक्ने अध्यक्ष केसीले बताए । नक्कली निवेदनलाई टेकेर काम रोक्न खोज्नु वन कार्यालयको कमजोरी भएको समेत उनले बताएका छन् । नक्कली निवेदन दिने व्यक्तीलाई तत्काल पत्ता लगाउन उनले आग्रह समेत गरेका छन् ।

त्यस्तै डिभिजन वन कार्यालय सल्यानका अधिकृत थीर बहादुर कार्कीले यस बिषयमा अब आफु चनाखो हुने बताएका छन् । आफुले कानुन अनुसार काम गरेको तर नक्कली कृर्ते आउँदा दुख लागेको बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: