०६ चैत्र २०८०, मंगलबार

शिक्षा नाफा कमाउने क्षेत्र होईन – मन्त्री पोखरेल

Khabarsabaiko सोमबार, माघ २१, २०७५

काठमाण्डौं -शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो ।
चन्द्रागिरी नगरपालिका बलम्बुको रहेको जापान सरकारद्धारा निर्मित प्रनिधि माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने बताउनुभयो । लगानीकर्ताले संविधानको भावाना अनुरुप कामलाई अघि बढाउनुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु हो भन्नुभयो । नाफाको आशा नगर्नुस देशको लागि योगदान दिनुस मन्त्री पोखरेलले भन्नुभयो ः शुल्क निर्धारण गर्दा सरकारी प्रणालीलाई लागु गर्नुस ।
सार्वजाजिक शिक्षालाई सबल बनाउनु पर्ने बताउँदैं प्राविधिक÷व्यवसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाई थियो । यो बर्ष बिद्यालय बाहिर रहेका बिद्यार्थीलाई बिद्यालयमा ल्याउने र अर्को बर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभएको छ । हामी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सामाजिक न्यायमा आधारित भएको समृद्ध राष्ट्र, सुखी नेपाली बनाउने एउटा बिराट अभियानमा छौं मन्त्री पोखरेलले भन्नुभयो ः शिक्षालाई नयाँ ढंगले अघि बढाए मात्र यो अभियान सफल हुन्छ ।
उहाँले शिक्षालाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादनसंग जोड्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षालाई पुर्वाधारको पनि पुर्वाधारको रुपमा विकास गर्नुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा बिज्ञान प्रविधि जोड्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो ः बिज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा विकास गर्नुपर्छ । विश्वविद्यालय भनेको बिगतका ज्ञान दिने मात्र नभई नयाँ ज्ञान निर्माण गर्ने केन्द्र बन्नुपर्ने पोखरेलले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्