१५ चैत्र २०८०, बिहिबार

सदरमुकाम तोक्ने बिषयमा विवाद बढेपछि रुकममा सुरक्षा कडाई

Khabarsabaiko सोमबार, माघ २१, २०७५

खबरसबैको संवादाता माघ २१ गते

रुकुम पूर्व – सदरमुकाम कायम गर्ने बिषय लाई लिएर चर्को विवाद बढन थाले पछि पूर्वी रुकुममा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
केहि दिन देखि गोलाखाडामा सदरमुकाम कायम गर्ने तत्कालिन सरकारको निर्णय कार्यान्वनयको माग गर्दै गोलखाडा समर्थिकले रुकुमकोटमा आएर प्रदर्शन गरेका छन । रुकुमकोटमा सदरमुकाम हुनेपर्ने एक पक्षको र गोलखाडामा सदरमुकाम हुनुपर्ने अर्को पक्षबीच दुईदिन देखि भएको छलफल निष्कर्ष विहिन भएको छ । अर्को पक्षयले पनि नमाने पछि दुवै पक्षसंग छलफल गरिएको तर निष्कर्ष ननिष्केपछि तनावग्रस्त हुनथालेको भन्दै जिल्लाका सुरुक्षा कर्मि परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय श्रोतले बताएको छ । उता दुबै पक्ष विच कुरानमिले पछि सम्भावित घटनालाई नहोस भन्ने हिसाबले सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनु भयो ।
रुकुमकोटमै सदरमुकाम हुनुपर्ने अडान राख्दै आएका आन्दोलनकारीको कुटाईबाट शनिबार घाईते भएका गोलखाडा समर्थिक पूर्व सहायक मन्त्री केशरमान रोका र नेकपाका नेता सतमान पुनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
सर्वोच्चमा विचाराधिन रहेको मुद्दाको विषयमा आन्दोलन गरेर थप दुर्घटना ननिम्त्याउनको लागि पनि प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्