About Contact Links
Close
बिज्ञापन
पार्टी एकीकरण बारे नेकपाको कार्यदलले आज प्रतिवेदन बुझाउने

Khabarsabaiko मंगलबार, माघ २२, २०७५ मा प्रकाशित

खबरसबैको डटकम माघ २२ गते

काठमाण्डौ-केन्द्रदेखि स्थानीय तहसम्मको पार्टी एकताको बारेमा अध्ययन गर्न गठित नेकपाको कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ । आज बस्ने बैठकमा प्रतिवेदन बुझाउन हिजोको सचिवालय बैठकबाट निर्देशन दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीआईएनसँग बताउनुभयो । कार्यदलको कार्यप्रगति विवरणसहित प्रतिवेदन बुझाएपछि त्यस बारेमा छलफल गरिने उहाँको भनाइ छ । साङ्गठनिक एकीकरणको कार्यभार पूरा गर्न भन्दै सुझाव प्रतिवेदन पेस गर्न नेकपाको स्थायी कमिटी बैठकले कार्यदल बनाएको थियो । नेकपाले भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति आफ्नो पार्टीले गरेको टिप्पणी भने सही भएको अडान दोहो¥याएको छ । हिजोको सचिवालय बैठकले भेनेजुएलामा जारी संकटप्रति पार्टीको दृष्टिकोण प्रष्ट भएको भन्दै त्यसमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह पनि गरेको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७