१६ चैत्र २०८०, शुक्रबार

कर्णाली प्रदेश प्रमुख समक्ष हिउँदे अधिवेसनको प्रस्ताव

Khabarsabaiko बिहिबार, माघ २४, २०७५

खबरसबैको डटकम २४ माघ, सुर्खेत ।
कर्णाली प्रदेशको हिउँदे अधिवेसनको बिषय लाई लिएर प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विहिवार भेटवार्ता गर्नुभएको छ ।
विहिवार अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि सिफारिश पत्र पेश गर्नु भयो । गएको वुधवारको दिनमा सम्पन्न मन्त्रिपरिषद वैठकले प्रदेश सभाको हिउदे अधिवेशन फागुन १५ गते दिउसो १ वजे आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको मुख्य मन्त्रि शाहीका प्रेस सल्लाहाकार धु्रव बुढाथोकीले जानकारी गराउनु भयो । भेटवार्ताका क्रममा प्रदेश प्रमुख खनालले मुख्यमन्त्री शाहीसंग प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि भएको ढिलाईका वारेमा चासो लिनु भयो ।
कर्णाली प्रदेश सभाको अघिल्लो अधिवेशन नै ढिलो गरि अन्त भएको र सरकारको तर्फवाट संसदलाई दिनुपर्ने विजनेश तयारीको गृहकार्य गर्न केही समय लाग्ने भएकोले ढिलाई भएको मुख्य मन्त्रि शाहीले जानकारी गराएको प्रेस सल्लाहाकार बुढाथोकीले बताए । गएको बर्षमा कर्णाली प्रदेश सरकारले संचालन गरेका कामकारवाहीका वारेमा पनि प्रदेश प्रमुख खनाललाई जानकारी गराउनु गराएनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्