३० आश्विन २०८१, बुधबार

सिन्धुलीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ८ जना घाइते

Khabarsabaiko बिहिबार, माघ २४, २०७५

खबर सबैको संवादातामाघ २४ गते सिन्धुली
सिन्धुलीको फिक्कल गाउँपालिकामा आज भएको दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । फिक्कल गाउपालिका एक महादेवडाँडाबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप अनियन्त्रिीत भई फिक्कल गाउपालिका २ चण्ढी भञ्ज्याङ्मा दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा फिक्कल गाउँपालिका २ की करिब २५/२६ वर्षीय अनिता महत, फिक्कल – २ की करिब ५५/५६ वर्षीय तिलमाया विक, सोही ठाउँका करिब ६०/६५ का कुनमान तामाङ, फिक्कल गाउपालिका–३ की करिब ३५/३६ की शान्तीमाया श्रेष्ठ र फिक्कल गाउपालिका–२ की करिब ४५/५० वर्षीय लक्ष्मी विक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अनिता महतको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने अरु चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा फिक्कल २ चण्डीभज्याङ्गका ४३ वर्षका दीपककुमार सुनुवार, सोही ठाँउका चालक मानबहादुर सुनुवार, तीनपाटन गाउँपालिकाका २६ वर्षका गणेश घिसिङ, फिक्क्ल –२ का ३५ वर्षका जयप्रसाद न्यौपाने, फिक्कल–३ का ३८ वर्षका दीपक श्रेष्ठ घाइते हुनु भएको छ । फिक्क्ल –२ का ६६ वर्षका गङ्गामाया विक, फिक्क्ल–१ का ६५ वर्षीय चन्द्रमाया विक, सोही ठाँउका ४५ वर्षका राजेश सुनुवार र सोही ठाँउका ६० वर्षका नन्दलाल विक पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये दीपककुमार सुनुवार, चालक मानबहादुर सुनुवार र गणेश घिसिङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । बोलेरो जीप सडकबाट दुई सय मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्