खबरसबैको संवदाता माघ २४
काठमाडौं, गोपाल किराती नेतृत्वको ने.क.पा(माओवादी केन्द्र) सँग असन्तुष्ट भई अलग्गिनु भएका क. भविसोर पराजुलीको अध्यक्षतामा आज पुर्नगठित ने.क.पा (माओवादी केन्द्र) घोषणा गरिएको छ ।
माघ २३ र २४ गते दुई दिनसम्म चलेको राष्ट्रिय भेलाले ७७ जिल्लाका प्रतिनिधित्व गराई १सय ३ सदस्यीय केन्द्रीय समितिको सार्वजनिक गरेको छ । पुर्नगठित माओवादी केन्द्रका अध्यक्ष भविसोर पराजुलीले अहिले तत्काललाई १०३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको र पूर्णता पाउँदा सम्म त्यो संख्या ४सय १५जना पुग्ने जानकारी दिनु भयो ।
पार्टीले केही महिना मै राष्ट्रिय सम्मेलन आयोजना गरी त्यसले महाधिवेशनको मिति तय गरी सोही महाधिवेनबाट पार्टी निर्माणको प्रकृया टुग्याउने र नयाँसमाजवादी क्रान्तिको राजनीतिक कार्य्दिशा पारित गर्ने अध्यक्ष भविसोर पराजुलीले बताउनु भएको छ । अव समाजवादी क्रान्ति थालनी गर्न पुर्नगठित ने.क.पा. (माओवादी केन्द्र) निर्माण गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो अबको क्रान्ति जनवादी क्रान्ति नभई समाजवादी क्रान्ति हुने तर त्यसको लागि अवस्था अनुसार निर्वाचन उपयोग र आवश्यकता परे जनविद्रोहको फौजी कार्य्दिशा अगाल्नु पर्ने बताउनु भएको छ ।