१५ चैत्र २०८०, बिहिबार

नगरपालिकाको आर्थिक सहयोग विमानस्थलको हिउँ फ्याँकियो

Khabarsabaiko आइतबार, माघ २७, २०७५

धनगिरी फडेरा
माघ २७, डोल्पा

तिन दिनको लगातार हिमपातले डोल्पाको जुफाल एर्पोटमा जमेको हिउँ आज नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय कामदार लगाएर हिउँ सफा गरिएको छ । जुफाल विभानस्थललाई संचालनमा ल्याउनको लागि ठुलिभेरी नगरपालिकाले  रु १००,००० आर्थिक सहयोग गरेको छ ।एर्पोटमा  १ फिट भन्दा बढी  हिऊ जमेको थियो ।

डोल्पाको एक मात्र नियमित यातातालको साधान हवाई जहाज विगत ४ दिन लगातार पानी तथा हिउ परेर बन्द भएको थियो । हवाइ यातायात बन्द हुँदा यात्रुृ आवतजावत कार्यहरुमा समेत बाधा परेका तारा एअरलायन्सका कर्मचारी लंक भण्डारीले बताउनुभयो । हिमाली जिल्ला डोल्पामा गाडिको सुविधा भए पनि प्रभावकारी रूपमा सञ्चालन नभएकाले हवाई जहाजको भर पर्नपर्ने बाध्यता छ ।

तिन दिन परेको हिउँ पानीले डोल्पाको जनजिवन कस्टकर भई एक ठाउँ बाट अर्को ठाउँ जान नसकि बाटोमै बस्न बाध्य भएका छन् । विभिन्न स्थानमा पहिरोले बाटो अबरोध गरेको छ । हिउँ र पानीले बाटो हिड्न गाह्रो अनि माथि बाट हिउ पहिरो र ढुङ्गा खस्ने भएकाले यात्रु लाई गन्तव्यमा पुग्न ग्राहो भएको एक यात्रि बुद्धि झाक्रि ले जनाउनु भएको छ ।

शनिबारदेखि मौसममा सुधार भएकाले हिँउ पग्लन थालेको छ र बाटोहरुमा रहेको पहिरो पनि पन्छाउने कार्य सुरु भएकाले गाडी पनि संचालनमा आउने देखिएको छ । आगामी सोमबार देखि जुफाल विमानस्थल पनि संचालनमा आउने भएकाले यात्रीहरुमा खुशी छाएको जुफाल विमानस्थलमा हवाइजहाज कुरेर बसेकी यात्री कोटीला शाहीले बताउनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्