About Contact Links
Close
बिज्ञापन
भ्यालेन्टाइन डे को इतिहासको शुरुवात

Khabarsabaiko बिहिबार, फाल्गुण ०२, २०७५ मा प्रकाशित

यो दुखद कहानी बोकेको दिवस हो । अहिले संसारका सबै समुदायको साझा दिवस रहेको भ्यालेन्टाइन डे शुरुमा रोमन क्याथोलिकहरुको पर्वका रुपमा थियो । रोमका राजा क्लाउडियस युद्धमा जानु पर्ने सेनाहरुले विवाह गर्नु हुन्न भन्ने मान्यता राख्दथे । विवाह र यौन सम्बन्धले पुरुषलाई कमजोर बनाउने र यसले युद्धमा प्रतिकुल प्रभाव पर्ने सम्राट क्लाउडियसको धारणा थियो । उनले रोमन साम्राज्यको सेनामा काम गर्ने सैनिकहरुलाई प्रेम र विवाह गर्न प्रतिवन्ध लगाए । सैनिकहरुकालाई महिलासँगको सम्बन्ध बर्जित गरियो । कसैले महिलासँग शारीरिक सम्बन्ध राखेको वा विवाह गरेको पाइए मृत्युदणड दिने व्यवस्था राजाले गरे । राजाको यो निर्णयबाट हजारौं लाखौं युवा सैनिकहरु विवाह गर्नबाट बञ्चित भए ।

क्लाउडियसको यो कदमप्रति सैनिकहरु सन्तुष्ट थिएनन् । तर मृत्युदण्डको डरले यसको कसैले प्रकट रुपमा विरोध गर्न सकेन । एकजना धर्म गुरु सेन्ट भ्यालेन्टाइनले राजाको यस्तो कार्यको विरोध गरे । युवाहरुलाई प्रेम र विवाहमा प्रतिवन्ध लगाउनु ठूलो अपराध भएको उनको धारणा थियो । विवाह र प्रेममा प्रतिवन्ध लगाए संसार कुरुप हुने र मानव सभ्यता नै टुट्ने भ्यालेन्टाइनको विचार थियो । राजाको कदमको विरोध गर्दै सन्त भयेन्टाइनले युवाहरुलाई प्रेम र विवाह गर्न प्रोत्साहित गरे ।

धर्म गुरुको प्रोत्साहनले राजाको आदेश उन्लङ्घन गर्न सैनिकहरु तयार भए । भ्यालेन्टाइनको नेतृत्वमा ३०० सैनिक र तिनका प्रेमिकाहरुले राजाज्ञाको अस्वीकार गर्दै सामुहिक विवाह गरे । राजाज्ञाको अवज्ञा गरेको अपराधमा सेन्ट भ्यालेन्टाइनसहित विवाह गर्ने सबै सैनिकलाई १४ फ्रेबुअरी सन् २६९ का दिन फाँसीमा झुण्ड्याइयो । त्यसरी प्रेम र विवाह गर्दा फाँसीमा झुण्ड्याइएकाहरूको स्मृति दिवस प्रत्येक वर्षको फ्रेबुअरी १४ मा सेन्ट भ्यालेन्टाइनका समर्मथकहरूले मनाउन थाले । प्रेममाथिको प्रतिवन्ध विरुद्ध विद्रोह गर्ने उनै सेन्ट भ्यालेन्टाइनको स्मृति दिवस नै कालान्तरमा प्रणय दिवसका रूपमा प्रख्यात हुन पुग्यो ।

१७५० वर्ष पहिले भ्यालेन्टाइन र उनका समर्थकहरुलाई सामुहिक फाँसी दिइएपनि सैनिकहरुबाट विवाह र प्रेम गर्ने क्रम रोकिएन । राजा यो प्रविन्ध हटाउन बाध्य भए । प्रेमका पक्षपाती भ्यालेन्टाइनहरुको जीत भयो । यसर्थ प्रेम गर्नेहरुको जीतको दिवस हो भ्यालेन्टाइन डे । १४ फ्रेबुअरीलाई अहिले संसारभरी माया र रोमान्स्को पर्वका रुपमा मनाइन्छ । विश्वमा कुनै समुदाय छैन प्रणयलाई अस्वीकार गर्ने ।

नेपालमा कहिलेदेखि प्रणय दिवस मनाउन थालियो रु थाहा छैन । कसैको संगठित प्रयासबाट शुरुवात नभएकाले आधिकारिक रुपमा भन्न सकिने कुरा पनि भएन । तर शुरुमा पश्चिमा सँस्कृतिको प्रभावका रुपमा यसले प्रवेश पाएको निश्चितसाथ भन्न सकिन्छ । पञ्चायातको अन्तपछि नेपाली समाज खुलापनमा प्रवेश ग¥यो । पत्रपत्रिका प्रकाशित हुन थाले । पत्रिकाले १४ फ्रेबुअरीका दिन प्रणय दिवसको चर्चा लेख्न थाल्यो । यसबाट नेपाली समाजमा यसले व्यापक स्थान पाएको हो ।

सन् १९९७ मा पहिलो पटक प्रणय दिवसको बारेमा मलाई पनि पत्रिकाबाटै थाहा भएको थियो । शुरुमा मैले पश्चिमा सँस्कृतिको नक्कलका रुपमा यसलाई बुझेको थिएँ । इतिहास थाहा पाएपछि मात्र यसको महत्वबोध भयो । विद्यालयको अन्तिम वर्षतिर पढ्दै गरेको मैले त्यति बेला केही साथीहरुसँग प्रणय दिवसका बारेमा छलफल चलाएको स्मरण गर्छु । स्वभाविक रुपमा धेरै साथीको मत पश्चिमा सँस्कृतिको नक्कल भन्नेमा थियो । सन् १९९८ को मध्यदेखि २००० को मध्यसम्म वनविज्ञान अध्ययन संस्थान हेटौंडामा पढ्दाको दुईसाल प्रत्येक फ्रेबुअरी १४ का दिन हामी ुभ्यालेन्टाइ डे स्पेसियल’ भित्तेपत्रिका प्रकाशत गर्थ्यौं । जस्को अगुवाइ कर्तामध्ये एक म थिएँ । सन् २००२ देखि २००४ सम्म बरुण क्याम्पस, खाँदबारीमा स्नातकको विद्यार्थी रहँदा पनि ‘भ्यालेन्टाइन डे स्पेसियल’ भित्तेपत्रिकाको इतिहास दोहोर्याइयो । भ्यालेन्टाइन डे स्पेसियलबाट शुरु भएर बरुण क्याम्पसमा लामो समय ‘प्लेटफर्म’ नामको भित्तेपत्रिका प्रकाशन भएको थियो ।

कलेज पढ्दा भ्यालेन्टाइन डे स्पेसियल प्रकाशन गरियो । यसले भ्यालेन्टाइ डे को अर्थ, महत्व र इतिहास के रहेछ भनेर जान्न मद्दत गर्यो। कुनै पनि सँस्कृतिको अन्धा नक्कल गर्नु हुन्न । कलेज टाइमको हाम्रो ‘भ्यालेन्टाइन डे स्पेसियल’ धेरैका लागि मन पराएकालाई आफ्नो कुरा भन्ने चौतारी भयो । थुप्रै साथीहरुको अफेयर यसैबाट शुरु भयो । कतिपय जीवन साथी भए, कति भएनन् । एउटा सम्झना भने पक्कै बन्यो । कलेज टाइमा भ्यालेन्टाइन डे को एक प्रकार प्ररचारक भइयो तर आफ्नै भने यो दिनसँग जोडिएको त्यस्तो घटना विशेष छैनन् ।

अरु कुरा तपसिलका भए । महिला र पुरुषबीचको आकर्षणको कथा, गाथा र इतिहास नै हो प्रेम । तथापि समय अनुसार प्रेमको शैली र अभिव्यक्त गर्ने माध्यम फरक भएकाछन् । मानव जातिको उत्पत्ति भएदेखि यता लगातार महिला र पुरुषको आकर्षण जारी छ । उनीहरु आपसमा कहिल्यै अघाएका छैनन् । यसैलाई प्रेमको अनेक रङ्ग र रुपमा लेखिएका, वर्णन गरिएका वा चर्चा गरिँदै आएका छन् । अक्षरको आविस्कार हुनु पहिले आफुले बनाएका चीज वस्तुहरुको आदान प्रदानबाट प्रेम साटिन्थ्यो, अभिव्यक्त हुन्थ्यो । पारुहाङ र निनामरिदुमहरुले यसरी नै प्रेमको शुरुवात गरेका थिए । हिँजो अस्ती हाम्रा बा–आमाको पालासम्म यो तरिकाले निरञ्तरता पायो । अक्षरको आविस्कारपछि प्रेम अभिव्यक्त गर्ने माध्यम पत्राचार बन्यो । धेरै युग यसरी नै चल्यो । धेरैको प्रेमगाथा यही शैलीबाट अमर बने । मेरो पुस्ता, अझ म भन्दा पछिल्लो पुस्तासम्म पत्राचार शैली जीवित थियो । अहिले मोबाइन र नेट प्रेम लोकप्रिय छ । अवको प्रेम प्रविधिको प्रेम हो । प्रविधिले प्रेम गर्नलाई छिटो र सजिलो बनाएको छ । फास्टफुड प्रेम ।

प्रेम भावनासँग सम्बन्धि कुरा हो । यसलाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छन्, गरिएका छन् । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल नै हो । गुलाफ आदानप्रदान गरेर युवा युवतीहरुले आपसमा प्रेम पकट गर्ने दिन । आफुले मन पराएको केटा वा केटीलाई गुलाफको पूल दिएर नै प्रस्ताव राख्ने गर्दछन् । भ्यालेन्टाइन डेको अवसरमा गुलाफको फूलको रङ र यसका अर्थहरुलाई बुझ्नु पर्ने हुन्छ ।

रातो गुलाफ स् यसलाई शान्ति, प्रेम र क्षमताको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा कसैले दिएको रातो गुलाव स्वीकार गर्नु उसको प्रेम प्रस्तावलाई स्वीकार गर्नु हो ।

गुलाफी गुलाफ स् यसलाई मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा कसैले गुलाफी रङको गुलाफ दिनुको अर्थ, अब मेरो मुटुको ढड्कन तिम्रै लागि भन्नु हो ।

सेतो गुलाफ स् यसलाई साँचो माया र स्वच्च हृदयको प्रतीक मानिन्छ । कसैप्रति स्वच्च हृदयले साँचो प्रेम गरिएको भए भ्यालेन्टाइन डे मा सेतो गुलाफ दिनु पर्दछ । भावुक वातावरणको प्रतीक पनि सेतो गुलाफलाई मानिन्छ ।

पहेँलो गुलाफ स् यसलाई मित्रताको प्रतीक मानिन्छ । खास गरी फ्रेण्डसिप डे मा यसको प्रयोग हुन्छ । तर कसैले भ्यालेन्टाइन डे का दिन पहेँलो गुलाफ दिएमा मित्रताको प्रस्तावका रुपमा बुझ्नु पर्दछ ।

कालो वा गढा रङको गुलाफ स् यसलाई विदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणबस प्रेम सम्बन्धलाई निरञ्तरता दिन नसक्ने अवस्था भएमा भ्यालेन्टाइन डेका दिन कालो गुलाफद्धारा सम्बन्ध टुङ्ग्याउन सकिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डेमा कसैले यस्तो गुलाफ साट्न नपरोस् ।

प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी बनाइरहेको हुन्छ । समय, अवस्था र परिस्थितिमा पनि भर पर्दछ । सबैको प्रेम सफल हुन्छै भन्ने छैन । प्रेम समझदारी, समर्पण, इमानदारिता, विश्वास र पवित्रताको प्रतीक हो । यी कुराहरु भएनन् भने अर्थहिन हुन्छ । भ्यालेन्टाइन डे पक्कै आयातित सँस्कृति हो । तर यसको सन्देश गलत छैन । अहिले विश्व एउटा गाउँमा परिणत भइरहेको बेला यो सबै जाति, वर्ग, लिङ्ग, सभ्यता र धर्मको साझा दिवस भएको छ । यसलाई स्वीकार नगर्ने सचेत वर्ग कमै होलान् । यसको सकारात्मक पक्षलाई लिउँ । भद्दा नक्कल नगर्रौ । यो वर्षको भ्यालेन्टाइन डे सबैको शुभ रहोस ।

आफनै संसार बाट साभार

ह्याप्पी भ्यालेन्टाइनस् डे 2019

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७