३१ बैशाख २०८१, सोमबार

महाअभियोगबाट जोगिनको लागि अख्तियारका आयुक्तद्वारा राजीनामा

Khabarsabaiko शुक्रबार, फाल्गुण ०३, २०७५

खबरसबैको संवादाता
काठमाण्डौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ । उहाँले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । पाठकमाथि संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उहाँले राजीनामा दिनुभएको हो । अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही भएपनि पाठकले महाअभियोगबाट जोगिनलाई अगाडि नै राजीनामा दिनुभएको छ । तर, राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने जनाइएको छ । राजीनामा स्वीकृत भएको अवस्था भने पाटकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ । संवैधानिक पदाधिकारीमाथि अख्तियारले कारवाही चलाउन नसकेपछि पूर्वपदाधिकारी माथि कारबाही गर्ने अधिकार अख्तियारसँग मौजुद छ । भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेता पाठकलाई हटाउने निश्कर्षमा पुगेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्