३० बैशाख २०८१, आइतबार

पाँच दिन देखि बन्द रहेका हुम्लाका बित्तिय संस्थाहरु बिहिबारबाट सुचारु

Khabarsabaiko बिहिबार, फाल्गुण ०९, २०७५

राज शाही

हुम्ला ९ फाल्गुन

पाँच दिन देखि बन्द रहेका हुम्लाका बित्तिय संस्थाहरु बिहीबारबाट सुचारु भएका छन् । गत शनिबार बिहान नेपाल टेलिकमको एडिएसएल सेवा अबरुद्ध हुँदा इन्टरनेटबाट सेवा प्रबाह गर्दै आएका हुम्लामा आधा दर्जन बित्तिय संस्थाहरु नेपाल टेलिकमको एडिएसएल सेवा सुचारु भएसंगै काममा फर्केका हुन । सदरमुकाम सिमकोटमा निक्कै ब्यस्त रहने सिटिजन्स बैंक बिहीबारबाट संचालनमा आएको सो बैंकका प्रबन्धक प्रकाश महतले बताउनु भयो । इन्टरनेटबाट बैंकको सबै काम हुने भएकोले सो सेवा अबरुद्ध हुँदा पाँच दिनसम्म कामै ठप्प भएको उहाँले बताउनु भयो । यसबाट दैनिक करिब डेढ सय सेवाग्राहीहरु सेवाबाट बन्चित हुनु परेको र बैंकलाई पनि प्रभाब परेको उहाँले बताउनुु भयो । आज पनि दुई वजेपछि पावरको समस्याले गर्दा सो वैंकको काम बन्द गरिएको थियो । इन्टरनेट अबरुद्ध भएको कारण सो बैंकको हुम्लामा एक मात्र एटिएम सेवा पनि बन्द भएको र बिहीबारबाट सुचारु भएको उहाँले बताउनु भयो ।त्यसै गरि सर्बसाधारणका लागि अर्को सेवा दिने आईएमई सेवामा मोति रेमिट पनि पाँच दिन लगातार बन्द रहेर बिहीबारबाट मात्र सुचारु भएको सो रेमिटकी प्रबन्धक निता बोहराले बताउनुु भयो । दैनिक सत्तरी देखि असी जना ग्राहकले पैसा जिल्ला बाहिर पठाउने र झिकाउने काम गर्ने गरेको भए पनि यो अबधिमा रेमिटको काम रोकिदा दुबै पक्षलाई असर परेको उहाँले बताउनुु भयो ।

नेट सेवा अबरुद्ध भए कै कारण कृषि बिकास बैकं र अन्य तीन वटा बिमा कम्पनीको काम रोकिएको थियो । बुधबार बेलुका टेलिकमको एडिएसएल सेवा सुचारु भएको भए पनि कार्यालय समय सकिएको कारण बिहीबारबाट मात्र सेवा सुचारु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्