०४ कार्तिक २०७८, बिहिबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक

Khabarsabaiko बुधबार, फाल्गुण १५, २०७५

खबरसबैको संवाददाता
काठमाण्डौ– आपतकालीन मन्त्रिपरिषद् बैठक बसेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा भएको खबर पाएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बलुवाटार बैठकका लागि बोलाईएको स्रोतले जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार ताप्लेजुङमा दुर्घटना भएको विषयमा छलफल भईहरेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी गराउनु भयो । अहिले मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटारमा पुग्नु भएको छ । प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच दुर्घटनाबारे छलफल भएको थियो। मन्त्री अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङमा दुर्घटनामा परेको थियो। दुर्घटनामा सवार सातजनाकै निधन भएको ताप्लेजुङ प्रहरीले पुष्टी गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्