०६ कार्तिक २०८१, मंगलबार

भारतीय लडाकु विमानमाथि आक्रमण गेरको पाकिस्तानी सञ्चार माध्यमको दाबी

Khabarsabaiko बुधबार, फाल्गुण १५, २०७५

पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् । आज पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् । आज विहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान खसेको थियो । भारतीय सञ्चारमाध्यमले विमान प्राविधिक गढबढिका कारण दुर्घटना भएको दावी गरेपनि पाकिस्तानी सञ्चारमाध्यमले भने विमान पाकिस्तानी वायुसेनाको कारवाहीमा खसालिएको दावी गरेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार एउटा भारतीय विमान बडगाममा र अर्को विमान पाकिस्तानी सीमा क्षेत्रमा खसालिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्