२२ कार्तिक २०८१, बिहिबार

सातैजनाको शव टुँडिखेलमा, राष्ट्रपति देखि सर्वसाधरण सम्मको श्रद्धाञ्जली

Khabarsabaiko शुक्रबार, फाल्गुण १७, २०७५

खबरसबैको संवदाता
काठमाडौं – बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सामूहिकरुपमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मृत्यक सातै जानको शब पोस्टमार्टम कार्य ढिलाई भएकै कारणले आज (शुक्रबार) बिहान मात्र हिजो नै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको हो । अस्पताल श्रोतले दिएको जानकारी अनुसार राति १ बजे मात्र सम्पूर्ण पोष्टमार्टमको काम सकिएको थियो । अस्पतालले आफन्तको नमूनाको आधारमा शव पहिचान गरेको अष्पताल श्रोतले बताएको छ ।मन्त्रीअधिकरीको शव भने आफनै गृह जिल्ला काँस्कीको पोखरामा

शवयात्रपछि आजै अन्त्येष्टि गरिनेछ । त्यस्तै दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र कुमार श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका उपसचिव तथा प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ समेत रेहका सुरक्षाकर्मी अर्जुन घिमिरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । टिचिङ अस्पतालमा आफन्तलाई शव जिम्मा लगाएपछि प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले यति एयरलायन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबारको दिनमा अन्तिम संस्कार गरिने खबर प्राप्त भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्