About Contact Links
Close
बिज्ञापन
हिउँमा कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

Khabarsabaiko शुक्रबार, फाल्गुण १७, २०७५ मा प्रकाशित

मन्दिर सिहं
हुम्ला

हुम्लामा लगतार परेको भारि हिंपात पछि कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका वडानं ७ का ४५ बर्षिय जोग्मल शाहीकाे डाँडाफयाकाे पातीहाल्न भन्ने ठाउँमा मृत्यु भएको मृत्यकका आफन्त लाई उद्धति गर्दे जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नयब उपरिक्षक रविन श्रेष्ठले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय हुम्लााका इनिस्पेक्टर राजेन्द्र सिंहको कमानमा खटिएको टोली र धारापोरी प्रहरी चौकी इन्चार्ज जगत विसीको संयुक्तरुपमा खटिएको टोलिले मृत्यक शाहीको लाश मुचुल्का गर लाश बुझाएको मृत्यकका आफन्त अज बहादुर शाहीले बताए ।

घरमा खानालगाउन  समस्या भएकै कारणले घरपरिवार र आफनो पेट पाल्नको लागि नजिकै छिमेकी गाउँ नाम्खा गाउँपालिकाको वडानं १को हेप्का गाउँमा खानेकुरा मागेर घरमा र्फकिने क्रममा हिंउमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो । हुम्लामा एकसाता देखि लगातरा परेको हिंपात र हुरी वतासले गर्दा हेप्का गाउँ बाट घरमा र्फकिने क्रममा घर निजिकै रहेको पातीहाल्न भन्ने स्थानमा मृत्यु भएको स्थानीय बास्न्दिा ले बताए । भारि हिंपातले गर्दा आवतजावत बन्दभएको र मौसमसफा भएपछि मात्र हिंउँ भित्रै मृत्य अबस्थामा भेटिएको मृत्यका आफन्त अज बहादुर शाहीले जानकारी गराउनु भयो ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७