१५ मंसिर २०८०, शुक्रबार

छ कार्टुन चिनिया रक्सि नष्ट

Khabarsabaiko शुक्रबार, फाल्गुण १७, २०७५

मन्धिर सिंह

फागनु १७ गते, हुम्ला

सिमकोट गाउँपालिका–७ वडा निवासी अचेत शाहीले मुचु बाट चिनिया रक्सि ल्याउँदै गर्दा प्रहरी चौकी धारापोरीले बरामद गरेको छ । २७ हजार बराबर ६ कार्टुनचिनिया मधिरा (झिनीगिन्टी) शुक्रबार सरोकारवालाको रोवहरमा नष्ट गरेको धारापोरी प्रहरी चौकी इन्चार्ज जगत विसीले बताउनुभयो । धारापोरी बाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मुचु बाट डाँडाफया तिर ल्याउँदै गरेको ६ काटुर्न चिनिया मधिरा रक्सिका बोतल बरामद गरेको हो ।
आजै स्थानीय वडा प्रतिनिधी, स्थानिय भद्र भलाद्धमीको रोवहरमा नष्ट गरीएको छ। नेपाल चिनको हिल्सा नाकाबाट भित्रिन नदिने अभियानका साथ खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा चिनिया मधिरा बरामत गर्दे आएको छ । चिनको तिब्बत संग सिमा जोडिएका नाकाबाट अवधै चिनिया मधिरका र घरेलु मदिरा उत्पादन, विक्री वितरण तथा ओसारपसारको नियन्त्रणमा अभियानकै क्रममा जिल्ला प्रहरी कार्यलय हुम्लाले पटक पटक बरामत गर्दे आईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: