About Contact Links
Close
बिज्ञापन
खेलकुद अगुवा शिक्षक बस्नेतको निधन

Khabarsabaiko आइतबार, फाल्गुण १९, २०७५ मा प्रकाशित

खबरसबैकोसंवादाता
फागुन १८, सिमकोट

लामो समय देखि हुम्ला जिल्लाको खेलकुद क्षेत्रमा अगाडी बढाउने शिक्षक धुर्वकुमार वस्नेतको निधन भएको छ । राजधानी काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा मानसरोवर माविका भुतपूर्व शिक्षक समेत रहेका खेल प्रशिक्षक बस्नेतको शनिवार निधन भएको हो । उपचारका क्रममा शनिबार दिउँसो २ वजे उनको निधन भएको मृत्यकका आफन्तले जानकारी गराए । ६५ वर्षीया बस्नेतको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । लामो समय देखि मृगौला तथा डायोबिटिज रोगबाट पीडित बस्नेतलाई पछिल्लोपटक प्रेशरले हान्दा दिमागको एक नशा चुडिए पछि उपचारका लागि अस्पताल लगिएको उनको परिवारिक स्रोतले जनाएको हो ।

मृतक बस्नेतको पार्थिक शरिरलाई शनिबारै पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको जनाइएको छ । उनको पार्थिक शरिरलाई छोराहरु रबिन कुमार बस्नेत, लब बस्नेत लगायतले हिन्दु धर्म अनुशार दाग बत्तीदिएको बताइएको छ ।२०३७ सालबाट हुम्लामा आएका शिक्षक बस्नेतले अनवरत रुपमा अध्यापन गर्दै आएका बस्नेत स्काउट देखि खेल क्षेत्रका अग्रणी गुरुका परिचत थिए ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७