१६ चैत्र २०८०, शुक्रबार

ट्याक्टर दुर्घटना सल्यानमा दुईजनाको मृत्यु

Khabarsabaiko मंगलबार, फाल्गुण २८, २०७५

खबरसबैको संवदाता

सल्यान-राती सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सल्यानको श्रीनगरबाट लुहामतर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर सोमबार राति शारदा नगरपालिका –१ शान्तिनगरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि शारदा नगरपालिका १३ स्यानीखालका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शानपा १ चैपाबाङ जिउलाका नाम नखुलेका एक बालक को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्