About Contact Links
Close
बिज्ञापन
विप्लवको बन्दको असर, कतै आगजनी त कतै बम आतंक

Khabarsabaiko बिहिबार, फाल्गुण ३०, २०७५ मा प्रकाशित

खबरसबैको संवादाता
काठमाडौँ—नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्द देशभर असर देखिएको छ ।
नेपाल सरकारले आफना मातहातका सुरुक्षा निकाया लाई बन्द लाई बिफल बनाउन कडा सुरक्षा परिचालन गरेता पनि देशै भरि बन्दको प्रभाव परेको हो ।
सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएको भन्दै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानी सहित देशभरिका विभिन्न स्थानमा राँके नारा जुलुस,बम,आगजनी समेत गरेका छन ।

 

बन्द अघि काठमाडौँ लगायतका जिल्लाहरुमा गए राती राँके जुलुस प्रर्दशन गरेका थिए । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका छन । बन्दका क्रममा देशका विभिन्न स्थानमा सवारी साधन जलाउनुको साथै विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण समेत त्रसित भएका छन् ।
नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरेका प्रहरीले जानकारी दिएको छ । काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको थियो । उता पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउनको लागि शंकास्पद वस्तु राखेको सुरक्षाकर्मीले हटाएको छ । त्यसै गरि चीतवनको थाहा नगरपालिका–४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ। काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा आगजनी गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पालुङ र दामनको जंगलबीच नयाँ गाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृतगर्दै मकवानपुर प्रहरीले जनाएको छ । । इलाका प्रहरी कार्यालय दमक बाट करिब पांचसय मिटर पश्चिम सगरमाथा पेट्रोल पम्प छेउमा भएको उक्त घटनामा गाडिको अगाडिको सिसा फुटेको छ । ‘कोसी पारिबाट विवाहमा सहभागी भएर आउँदै थियौ घर आई पुग्न करिब दुई सय मिटर मात्र बाकि थियो एक्कासि गाडिमा ढुङ्गा बर्सियो बस्नेतले भने, ढुङ्गा छिरेर स्टेरिङ्गमा लागेपनि आफूलाई केही भएनझापाको दमक चोक पश्चिममा एक जिपमा अज्ञात समूहले तोडफोड गरेका छन् । पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको को १ च ४७६० नम्बरको राईनो जिपमा बिहीबार बिहान ४ बजे तोडफोड गरेको दमक ५ का चालक सुरेन्द्र बस्नेतले बताए।’

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७