Khabarsabaiko शनिबार, चैत्र ०२, २०७५
दाने बोहरा हुम्ला
हुम्लाको चंखेली गाउँपालिका एक महिला लाई अति रक्त श्रावको पिडा भए पछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । चंखेली गाउँपालिका ५ वटा नेप्का गाउँकी ३९ बर्षिय रिउली तामाङ्ग लाई गएको मााघ २८ गतेको दिनमा तिन महिनाको बच्चा खसेको र निजीकैको स्वाथ्य चौकीमा न्युन उपचार भयता पनि निरन्तर उपचार नभयपछि रक्तस्राबका कारण ज्यान जोखिममा ज्याने भएकोले पनि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको साहयक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए । २ महिना पहिला बच्चा खसे पछि उच्च रक्तश्राव भएकी महिलाको उद्धारको सुर्खेतबाट हेलिकप्टर जिल्लाको चंखेली गाउँपालिका वडा पाँच पिप्लाङ्गमा टेकअप गरि उद्धारमा खटिनुभएको नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताउनुभयो ।
शुक्रबार बेलुका उक्त महिलाको उद्धार गरिने भनिएता पनि हेलिकप्टर सँगै उच्च रक्तश्राव भएकी महिलाको स्थान चिनाउने मानिस नभएका कारण शनिवार उच्च रक्तश्राव भएकी चंखेली गाउँपालिका ५ की ३० वर्षिय रिउली तामाङलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज भेरी अञ्चल अस्पताल लगिएको सहायक प्रमुख अधिकारी ढुंगानाले बताउनुभयो ।
तामाङ्गको उद्धारमा जिल्लामा कार्यरत सञ्चारकर्मीको पनि ठुलो भुमिका रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सँगै जिल्लामा कार्यरत नयाँ पत्रिका दैनिकका नरजन तामाङ्ग र नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष तथा रेडियो कर्णाली आवाजमा कार्यर अर्जुन बोहराको यसमा भुमिका रहेको छ । अध्यक्ष बोहरा नेपाली सेनाको हेलिकप्टर सँगै विरामी भएको स्थान पिप्लाङ्गमा पुगेर उद्धार गरेका छन् ।
जिल्लाको पिप्लाङ्गमा हेलिप्याडको स्थान थाहा नहुँदा शनिवार मात्र उद्धामा आफु सुर्खेतबाट खटिएको अध्यक्ष बोहराले बताउनुभयो ।
बच्चा खसेपछि रक्तश्राव नरोकिएपछि स्वास्थ्यमा उपचार गराउदा समेत रक्तश्राव नरोकिएको बिरामीका श्रीमान जसिलाल तामाङले बताए । उनले भने २ महिना पहिला बच्चा खस्यो त्यसपछि रक्तश्राव रोकिएन उपचार गराउन स्वास्थ्य संस्थामा ल्याएको हौ तामाङले भने ।
रक्तश्रावले थलिएकी तामाङको ज्यान बचाउन कर्णाली प्रदेशको पहल र गृह मन्त्रालयको कोडिनेशनमा रक्तश्राव भएकी महिलाको उद्धार गरिएको ,सहायक प्रमुख जिल्ला अधिकारी, महेश कुमार पोखरेल,जानकारी दिनुभयो । अहिले उच्च रक्तश्राव भएकी महिलालाई कोहलपुरमा रहेको नर्सिङ्ग मेडिकल कलेज अस्पतालमा उचार गराईरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष अर्जुन बोहराले बताउनुभयो ।
उच्च रक्तश्राव भएकी महिलालाई नेपालगञ्ज लिन लागेको सहायक प्रमुख अधिकारी पोखरेल बताए । तामाङको ज्यान बचाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल र जिल्ला अस्पताल हुम्लाका डाक्टर दुर्गा सुर्खाली, नयाँ भैरवी दल गुल्मका मेजर निश्चल पाठकले जिल्लाबाट पहल समेत गरेका हुन् ।
हेलिकप्टरबाट उद्धार गरेर ज्यान जोखिमबाट बचाउन सफल भएको छ । सदरमुकाम सिमकोट देखि ३ दिन टाढाको दुरीम चंखेली गाउँपालिका पर्ने गरेको छ । नेपाल सरकारले कर्णालीका गर्भवती र सुत्केरीबाट खतरा रहेको महिलाहरुलाई हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पतालमा पुर¥याउने व्यवस्था गरेको छ । गर्भवती तथा सुत्केरी अवस्थाबाट खतरा रहेको कर्णालीका हुम्ला जिल्लाबाट एयरलिफटिङ्गको सेवा पाएपछि धेरै महिलाहरुको ज्यान जोगिएको छ ।