०४ जेठ २०७९, बुधबार

जनताको लागि जलविद्युत कार्यक्रम खुला

Khabarsabaiko बुधबार, चैत्र ०६, २०७५

खबरसबैको संवदाता
काठमाण्डौ— भोलिदेखि जनताको लागि जलविद्युतमा शेर लगानि कार्यक्रम खुला गरेको छ । नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा माथिल्लो त्रिशूली थ्री ‘बी’ को साधारण सेयर (आईपीओ) भोलिदेखी खुला हुने भएको छ । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आवेदन दिने बताउनु भयो । आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा २ वटा डिम्याट खातासमेत खोलिएका छन । विहीबार बिहान साढे ९ बजे एक समारोहका बीच प्रधानमन्त्रि केपी शर्माओलीले शेर खरिदको लागि खुला गर्ने कार्यक्रम तया भएको छ । आम सर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले पहिलो सेयर प्रधानमन्त्रीले किन्ने कार्यक्रम बनेको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जानकारी गराएको छ । नेपाली नागरिकको लगानीमा नै तीन हजार पाँचसय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्