०२ जेठ २०७९, सोमबार

पक्राउ परेका पत्रकार विश्वर्कमा बारेमा बुझ्न पत्रकार टोली कालीकोट

Khabarsabaiko बुधबार, चैत्र १३, २०७५

खबरसबैको संवदाता
कालीकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरे पछि स्थलगत अध्ययनका लागि पत्रकारको मिसन टोली कालिकोटमा पठाएको छ। नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले विश्वकर्मालाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासंघ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाएको बताए ।
उनका अनुसार नेपाल बार एशोसिएशन प्रतिनिधि र मानवअधिकारकर्मी समेत संलग्न मिसन टोलीले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन त्यसस तर्फ गएको कर्णाली प्रदेश पत्रकार महाँसघका महासचिव दीपेन्द्र शर्माले बताउनु भयो ।
त्यहाँ भएको घटनाको बारेमा र प्रहरी, स्थानीय प्रशासन स्थानीय बासिन्दा र जिल्ला स्थिती पत्रका संग जोडिएका घटनाका बिषयमा छलफल गर्ने तयारी गरेका छन ।
पत्रकार विश्वर्कम लाई रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गने तयार गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्