१६ चैत्र २०८०, शुक्रबार

देशभरको प्रश्नपत्र रुजु गर्न शिक्षा मन्त्रालयको निर्देशन

Khabarsabaiko शुक्रबार, चैत्र १५, २०७५

खबरसबैको संवददाता
प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरका परिक्षा केन्द्रमा संचालन भएका प्रश्नपत्र चार घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ ।लगातार एसईईको प्रश्नपत्र बाहिरिएपछि विहिबार सुरक्षा समितिको बैठबसेको हो । सुरुक्षा समितिको बसेको बैठकले भोलि हुने परिक्षाको लागि पनि अपनाउनु पर्ने सुरक्षा रणनिति बारेमा छलफल भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । यस्तै केन्द्रय अनुसन्धान ब्युरोको टोलीले प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको प्रश्नपत्रको विषयमा अनुसन्धान गरि दोषी लाई कार्वाह गर्ने निणर्य गरेको छ । परिक्षा अघि नै परिक्षाको प्रश्नपत्र सार्वजनिक भएमा त्यसको नियन्त्रण गर्न पनि सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरु लाई निर्देशन दिनु भएको छ । ४ घण्टा भित्र देशका सबै परिक्षा केन्द्रहरु अनुगमन गर्ने र रिपोर्ट तत्काल केन्द्रमा रिपोर्ट बुझाउनको लागि । बैठक बसेर आवश्यक निर्णय गर्न सल्लाहा दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्