०४ कार्तिक २०८१, आइतबार

नेपाल एयरलाइन्स जहाजको मनपरि उडान ,यात्रुलाई सास्ती

Khabarsabaiko शनिबार, चैत्र १६, २०७५

अर्जुन बोहरा
नेपाल एयरलाइन्सका जहाजका कर्मचारीकै मनपरि उडनाले गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । नेपागन्जस्थित नेपाल एयरलाईन्सको कार्यलयले एक हप्ता अघि वितरण गरेको जहाजको टिकट विभिन्न कारण देखाउँदै विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका ८ निवासी छक्क बहादुर शाहीले बताउनु भयो । आफु नेपाली सेना पाल्पा व्यारेकमा कार्यरत भएको बताउने शाही २० दिनको लागि घर विदा लिएर आएको र जहाजको टिकट धाउँदा २ हप्ता वितीसक्यो , अब घर कसरी जाने भन्ने बारेमा चिन्ता गर्नु भयो ।


नेपालकै ७७ वटा जिल्ला मध्ये सडक यातयातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वाको जहाजले समते उडानमा नियमित उडान नगरि ठक्दै आएकोले समयमै उड्रन नपाएको सिमकोट उडानका लागि नेपाल वायुसेवाको टिकट लिएर बसेका शाहीले गुनासो गर्नु भयो । नेपाल एयरलाइन्सको नियमित उडान हप्ताको एकदिन विहिवार भनियता पनि जहाजमा कहिले प्राविधिक समस्या त कहिले कर्मचारीहरुको लार्पावाहीले समस्या देखाउँदै उडान स्थगित गर्दे आएको नेपागन्ज विमानस्थलमा कार्यरत नाम नबताउने शर्तमा एक कर्मचारीले बताए ।
एयरलाइन्सको उडान तालिका साविक कर्णालीका४ जिल्ला र बाजुरा जिल्लाका विमानस्थलमा समेत अस्तव्यस्त बनाएको छ । उडान भर्ना ठिक्क परेका यात्रु अलपत्र पार्दै आईरहेको छ भने एयरलाइन्सले आर्थिक भार खेप्दै आएको छ । आफनो नाम नबताउने शर्तमा एक जना एयरलाइन्सका कर्मचारीले भने देशमा नेताहरुकै कारणले जहाज उडानमा पहल नगरेको र सरकारले नेपालगन्ज बाट उडानकोे लागि अहिलेको सरकारले चासो नदेखाएको खुलासा गरे ।
उता सरकारले समेत हुम्लाको लागि उडान भर्न सरकारी स्वामित्व नेपाल एयरलाइन्सको जहाज लाई प्रति ६ कुईन्टल हावा भन्दा माथि उडाउन नपाउने र निजी कम्पनीका जहाज लाई १० कुइन्टल भन्दा माथि उडाउने अनुमती दिएकोले समेतत समस्या बनाएको बताए । नेपाल एयरलाइन्समा जहाज संख्या कमी भएको बताएका कर्मचारी भने हेरेर उडान लाई प्रथामिकता दिएको बताएका छन ।जहाजमा प्राविधिक समस्या त कहिले कर्मचारीकोको समस्या देखाउँदै आएर उडान तालिका परिवर्तन गर्दे आएका छन । एयरलाइन्स व्यवस्थापनको कुनै व्यक्तिले नियतवश उक्त कमजोरी गरेको पाइए पर्यटन मन्त्रालयले कारबाही गर्ने निणर्य समेत गरेता पनि अहिले सम्म कार्यन्वयन नभएको बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्