About Contact Links
Close
बिज्ञापन
अविकासले खोजेको विकास

Khabarsabaiko आइतबार, चैत्र २४, २०७५ मा प्रकाशित

                                                                                                                                                                              वसन्त रोकाया                                                                                                                                                                        
विकास चाहनु जनताको अधिकार हो । विकासमा बाधा उत्पन्न भए अविकासको स्थिति देखिन्छ भने अविकासमा सुधार आएमा विकास हुन्छ । अविकासलाई गरिवी, वेरोजगारी, भौतिक असुविधा, कम उत्पादन, परम्परागत प्रविधि, उद्योग, लैङ्गिक जातीय भेद, शिक्षा, स्वास्थ्यको अभाव, अस्थिरता, अशान्ति, असुरक्षा, अन्याय, शोसण, कुशासनको संकेत मान्न सकिन्छ भने अविकासबाट मुक्ति नै विकास हो ।

प्राचिनकालमा गाउँ समाजको धर्म, संस्कृति र संस्कारलाई निरन्तरता दिनु, कल्याण गर्नु विकास मानिन्थ्यो । विस्तारै कुन देशको उपनिवेश कहाँसम्म फैलिएको छ भन्ने आधारमा देशको विकास नापन्थ्यिो । फलस्वरुप, प्रथम र दोश्रो विश्वयुद्ध भए । प्रथम विश्वयुद्ध पछि पुजीवादी र साम्यवादी विचारबाट धेरै देशहरुलाई प्रभावित गर्ने, सहयोग गर्ने र राजनैतिक प्रभाव विस्तार गर्न लागियो । दोश्रो विश्वयुद्धपछि विश्वका राष्ट्रकाहरुलाई आर्थिक बृद्धि, प्रविधिको विकास र श्रोत साधनहरुको सम्पन्नताको आधारमा सर्वप्रथम सन् १९४९ मा तत्कालिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रिडम्यानले विकसित र अविकसित भनी घोषणा गरे । त्यसपछि विकास के हो रु विकास कसरी गर्न सकिन्छ रु भनेर बहस र विवाद हुन थाल्यो । अविकास विकासको खोजीमा लाग्यो । सायद विकासको यहि मान्यता र ब्याख्याले हो कि नेपालले पनि कर्णालीलाई अहिले अविकसित, विकट र दूर्गम भनेको छ । कर्णालीले विकास खोजेको छ ।

कर्णाली अविकासबाट ग्रसित प्रदेश हो । यहाँ निश्चित वर्ग, जात, क्षेत्र र पक्षलाई मात्र विकासले फाइदा पुर्याइएको देखिन्छ । गरीब जनताले संघर्ष र दुस्खमय जीवन विताएर आफ्नो पहिचान खोज्नु पर्ने वेला आएको छ । कर्णालीमा पनि १०४ बर्षको जहाँनिया राणा शासन, ३० बर्षे निर्दलीय पञ्चायती व्यवस्था र १० बर्षे युद्धले विकासका लागि उचित वातावरण दिन सकेनन् । यहाँ सबै दलहरुबीच सर्वसम्मति र विश्वास हुन नसक्नु, भ्रष्टाचार, अनियमितता बढेर जानु, नाताबाद, कृपाबाद, दलगत स्वार्थले प्रश्रय पाउनु, सामाजिक अवस्था रुढीग्रस्त, भाग्यवादी हुनु, आर्थिक अवस्था न्युन हुनु सकारात्मक सोच नबन्नु, चेतनाको स्तर न्युन हुनु, आधुनिक सेवा सुविधा प्रशस्त नहुनु, असमानता बढ्नु, विकासे संस्कृति नहुनु आदिले प्रष्ट हुन्छ कि कर्णाली अझै अविकासको कोटरीमा छ । तापनि कर्णालीमा २००७ सालको राजनैतिक परिवर्तन र २०४६ सालको प्रजातन्त्रको पूर्नस्थापना पछि भौतिक पूर्वाधार, यातायात, संचार, उद्योग, शिक्षा, स्वास्थ्य, कृषि, व्यापार लगायत कैयौं क्षेत्रमा मात्रात्मक रुपमा बृद्धि भएको छ । यो पूर्ण छैन । विकासलाई बहुपक्षीय दृष्टिकोणबाट विश्लेषण गर्नुपर्दछ । पूर्ण र सर्वाङ्गीण विकास हुन आर्थिक वृद्धिलाई विकास मान्ने मात्रात्मक सुचकहरु जस्तै आम्दानी, व्यापार, आयात निर्यात, उद्योगको स्थापना, पुजीको प्रवाह, उत्पादन, अचल सम्पतिको स्थिति, खानीको विकास, वित्तिय संस्थाको स्थिति, प्राकृतिक श्रोत साधनको प्रचुरता, बाटो, बिजुली, सञ्चार, स्कुल, खानेपानी, यातायातको सुविधा आदिलाई र सामाजिक, सांस्कृतिक पक्षहरुलाई विकास मान्ने गुणात्मक सूचकहरु जस्तै स् शिक्षा, स्वास्थ्य, रोजगार, पोषण, मानबअधिकार, आत्मनिर्भरता, सामाजिकता, सहयोग, शुसासन, शान्ति, शोषण, र भेदभावबाट मुक्ति आदिको अवस्था हुन जरुरी छ । कर्णालीको विकासलाई यी आधार र सूचकहरुबाट पनि थाहा पाउन सकिन्छ । अविकासको दुरीमा बसेको कर्णालीलाई विकासको बाटोमा हिडाउन सकिन्छ ।

अविकासको आधुनिक र परम्परागत व्याख्या नै कर्णाली अविकासको कारकतत्वहरु हुन् । यहाँ गरिएका विकासका कार्यक्रमहरु अपूर्ण देखिन्छन् । विकास संरचनामा आमुल परिवर्तन गर्न यी तत्वका अविकासका कारक तत्वहरुलाई कर्णालीबाट हटाउन सकिन्छ र हटाउनुपर्छ । जस्तैस्गरीबी, बेरोजगारी ,परम्परागत कृषि र प्रविधि ,उद्योग धन्दाको न्युन विकास, आम्दानीको कमीले पुजी संचिति र प्रवाह नहुनु ,सुशासनको अवस्था नहुनु ,राजनैतिक मत भिन्नता, सामाजिक कुसंस्कार र विभेद, विकासे भन्दा बसी खाने संस्कार, स्थानीय ज्ञान, सीप, श्रोत, र साधनको पहिचान र परिचालन गर्न नसक्नु, परनिर्भरताको स्थिति , निराशाबादी र नकारात्मक सोच , शिक्षा र चेतनाको कमी ,विकास कार्यमा अपन्वतो र जनसंलग्नतामा कमी ,वातावरण विनाश, अन्तरपुस्ता वीचको समानता र सम्बन्धमा ध्यान नदिनु , आधुनिकीकरण र शहरीकरण हुन नसक्नु आदि । अब, कर्णालीले आर्थिक, सामाजिक, राजनीतिक, मानवीय विकासको पहल र प्रक्रिया बढी तिब्र र क्रियाशिल बनाउनुपर्ने हुन्छ ।
. कर्णालीले विकास खोजेपनि कर्णालीमा विकासको गति अघि बढ्न नसक्नुमा अविकासका यी कारक तत्वहरुले प्रश्रय पाई जरा गाडेका छन् । विकासका लागि सही मानसिकताको निर्माण र सामुहिक प्रयासलाई हरेक क्षेत्रमा लगाउनुपर्दछ । हामी सही मानसिकतामा कमी छौं, मानिसमा होइन । हामी सोचमा गरीब छौं, श्रोतमा होइन । हामी आफु भन्दा अरुलाई विश्वास गर्छों । सामुहिक भन्दा ब्यक्तिबादी प्रवृतिलाई अंगाल्छौं । त्यसैले, कर्णालीमा अविकास भएको छ । अविकासले विकास खोजेको छ

लेखक मानसरोवर बहुमुखी क्याम्पस हुम्लाका क्याम्पस प्रमुख हुनुहुन्छ । 

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७