Khabarsabaiko सोमबार, चैत्र २५, २०७५
राज शाही
हुम्ला २५ चैत
हुम्लाको सिमकोट गाउँपालिकाको स्वास्थ्य संस्थाले आज खोप सम्वन्धि सुक्ष्म योजना बनाएको छ। योजना अनुसार गाउँपालिकाले आउदो नयाँ वर्ष बैशाख महिना भरिनै खोप महिनाको रुपमा मनाइने निर्णय गरेको छ ।
पुर्ण खोपको अवस्था बढाउने,हप्ताको प्रत्येक वुधबारका दिन हेरक महिनाको ४ पटक यो खोप लगाइने, पालिका कार्यक्रम गर्ने, घरधुरि सर्वेक्षण गर्ने, सिमकोट गाउँ पालिका अन्तरगत रहेका सबै स्वास्थ्य चौकीहरुमा सुस्म योजना तयार गर्ने र बैशाख महिनाको २५ गते पुर्ण खोप सुनिश्त गर्नु र सिमकोट गाउँपालीमा खोप बाट कोहि पनि नछुटोस् भन्ने मुख्य उध्येश्य सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले योजना बनाएको गाउँपालिका संयोजक धुर्वराज सिंहले बताउनु भयो ।
यहाँ कमेन्ट गर्नुहोस्