०९ बैशाख २०८१, आइतबार

च्याउ संकलन गर्न गएका एक युवकको भिर बाट लडेर मृत्यु

Khabarsabaiko बिहिबार, बैशाख ०५, २०७६

खबरसबैको संवददाता
गुच्ची च्याउ संकलन गर्न गएका एक युवकको भिर बाट लडेर मृत्यु भएको छ । हुम्लाको सर्केगाढ गाउँपालिका वडानं ३ उनपानी गाउँनिवासी २२बर्षिया निराजन फडेराको मृत्यु भएको हो । उनपानी गाउँनजिकै रहेको सरा सामुदायिक वनमा गुच्ची च्याउ संकलन गर्न गएको वेला भिर बाट लडेर फडेराको ज्यान गएको वडा ३का अध्यक्ष गजरा रावतले बताएका छन्। विहीबार विहान अन्दाजी १२ बजे तिरे भिर बाट लडेर मृत अवस्थामा फेला पारेका थिए । बैशाख महिना शुरुवात भय लगतै च्याउ उम्रने सिजन शुरु भए लगतै हुम्लाका अधिकाँस किसानहरु सामुदायिक वनहरुमा गएर गुच्ची च्याउ टिप्ने गरेको छन ।

यहाँ कमेन्ट गर्नुहोस्