०७ बैशाख २०८१, शुक्रबार

१सय ४७ जान नेकपाको पोलिटब्यूरो सदस्य बन्दै

Khabarsabaiko मंगलबार, बैशाख १०, २०७६

खबरसैको संवादाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलिटब्यूरो पनि गठन हुने भएको छ । नेताहरूको चर्को दबाबपछि पार्टी नेतृत्वले १ सय ४७ जानको पोलिटब्युरो गठन गर्ने निर्णय गरेको हो ।सचिवालय बैठकले चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने निर्णय गरेको हो । पोलिटब्यूरो गठनको निर्णयसँगै भागबण्डा पनि मिलेको छ । जसमा पूर्व एमालेलाई ८१, पूव माओवादीलाई ६६ जना सदस्य परेको छ । मंगलबार बस्ने सचिवालय बैठकबाट पोलिटब्युरो घोषणा गर्ने सचिवालयका एक सदस्यले दैनिकीलाइ जानकारी दिए । पूर्व एमालेबाट तत्कालीन पोलिटब्युरो सदस्य ६२ जना समेटिनेछन् । भने थप २० जनाले नयाँ अबसर पाउनेछन । २० सदस्य दुई पटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा चयन गर्ने सम्भावना रहेको छ । पूर्व माओवादीबाट ९९ सदस्यीय सचिवालयका नेतामध्ये वरिष्ठतामा अगाडि रहेका नेता पोलिटब्युरोमा समेटिनेछन् ।

यहाँ कमेन्ट गर्नुहोस्