१९ जेठ २०८०, शुक्रबार

जिल्ला अस्पताल हुम्लामै जटिल शल्यक्रिया

Khabarsabaiko बिहिबार, बैशाख १९, २०७६

अर्जुन बोहरा

सिमकोट, हुम्ला,बैशाख १९ गते

दुर्गम हिमाली जिल्ला हुम्लामा जटील सुत्केरी महिलाको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पताल हुम्लाले यस भन्दा पहिला पनि सुत्केरी महिलाको शल्यक्रिया गरेको थियो । जिल्ला अस्पतालले एकै दिनमा चार वटा अप्रेसन गर्न सफल भएको हो । अस्पतालमा दुई जना एमजिडिपी डाक्टर र अन्य सहयोगी स्टाफको व्यवस्था हुँदा यो अप्रेशन गर्न सकिएको जिल्ला अष्पतालका डा अम्रित बिष्टको भनाई हो ।खार्पुनाथ गाउँपलिका ३ राया गाउँनिवासी २८ बर्षिय जौका टमटाको शल्यक्रिया खतराको मुखमा पुगेकी सुत्केरी ज्यान जोगाई दिएको छ ।हुम्ला लगायतका दुर्गम जिल्लाहरुमा संघिय सरकार र कर्णाली प्रदेस सकारले एअरलिफ्टमार्फत विरामीको उद्दार गरिरहेको वेला जिल्ला अष्पताल हुम्लाले ४ जनाको शल्यक्रिया गरेको छ । जसमा दुई वटा मेजर र दुई वटा माईनर अप्रेशन सफल पारेको छ ।अप्रेशनमा संलग्न विशेषज्ञ डाक्टरहले एमजिडिपी डाक्टर सिद्धार्थ र डाक्टर अमित विष्टको सहभागिताले अप्रेशन पूर्ण सफल भएको अनमि बोहराले बताउनु भयो । जिल्लामै पहिलो पटक हड्डी र मास जोड्ने टेण्डन रिप्युटर अप्रेसन भएको पनि अनमि बोहले बताइन् । त्यस्तै अर्को गाईनेका विरामी र दुई जना माईनरमा कान च्यातिएका विरामीको अप्रेशन गरेको छ । जिल्लामा विशेषज्ञ डाक्टर र प्राप्त मात्र उपकरण नहुँदा विरामी लाई सेवा दिन नसकिएको सामान्य केशम पनि जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्या अब देखि हटेको छ । सडकले नछोएको हुम्ला जिल्लामा जिल्ला अष्पताले पटक पटक नर्मल र जटिल शल्यक्रिया गरेको जिल्ला अष्पताल हुम्लाका अनमि बोहराले बताउनु भयो । खार्पुनाथ गाउँपालिका वडानं ३की टमटाको शल्याक्रिया गरी बच्चा निकालिएको छ । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था ठिक रहेको जिल्ला अस्पतालमा कार्यरत डा. अमित बिष्ट लाई उद्धित गर्दे अनमि बोहराले बताइन् । उहाँका अनुसार प्रश्रव पीडामा छटपटाई रहेकी टमटा लाई उपचारका तिन तिन अघि अस्पताल ल्याइएका थियो ।स्वाथ्य चौकी रायमा नियमित टमटाको स्वास्थ्य जाँच गर्दा पेटमा बच्चाको उल्टो बसेकोले सुत्केरी नजिकै स्वाथ्य चौकीमा सम्भावान नभए पछि जिल्ला अष्पतालमा लगिएको हो । हुम्ला जस्तो दुर्गम ठाउँमा जटिल प्रकृतिको शल्याक्रिया सफल हुनु हुम्लाका लागि खुशीको कुरा भएको उनले बताए । जिल्ला अष्पतालका डा अम्रित बिष्टको नेर्तृव्मा डा शिद्धार्थ अनिमी सरिता बोहरा,स्वाथ्यकर्मि प्रेम भण्डारी लगायतको चिकत्सकको टोलिले सफलता पुर्वक शल्यक्रिया गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: