१५ चैत्र २०८०, बिहिबार

खार्पुनाथ गाउँ पालिका हुम्लाकै नमुना गाउँपालिका बनाउने दाबि

Khabarsabaiko शुक्रबार, बैशाख २०, २०७६

 राज शाही, हुम्ला २० बैशाख

जिल्लाका ७ वटै गाउँपालिका मध्यको खार्पुनाथ गाउँपालिका नमुना योग्य बनाउने पालिकाले जानकारी दिएकाे छ । भौतिक संरचना संगै विकासका कामका हिसावले पनि उत्कृष्ट बनादै रहेको जानकारी दिए । ७ वटै गाउँ पालिका मध्य आफ्नै गाउँपालिकाको भवन, स्वास्थ्य भवन,वडा भवन र वैङक भवन समेत निर्माण गरि सकेको जानकारी दिएका छन् ।

आर्थिक वर्ष ७४।०७५ मा आफ्नै गाउँ पालिकाको भवन निर्माण गरेको खार्पुनाथ गाउँ पालिकाले चालु आर्थिक वर्षमा स्वाथ्य, वडा भवन र वैंक भवन निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ । त्यसै गरि उक्त गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित प्राविधिक कर्मचारि निर्माण स्थलमै पुगी मिटरले नापी प्राविधिक स्टामेट अनुसारको विकास निर्माण कार्यहरु भएका छन् वा छैन भनि फिताले सम्म नाप्ने गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीका अनुसार स्थानिय सरकार संचालन ऐनमा वर्षको ३ पटक उपध्यक्षको संयोजगत्वमा विकास निर्माणका कामलाई अनुगमन गर्ने कानूनी प्रवधान भए पनि महिनाको १ पटक गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, उपाध्यक्ष सिन्दु शाही हमाल, प्राविधिक कर्मचारी विकास निर्माण स्थलमा पुगि प्राविधिक स्टामेट अनुसारको काम भएको छ वा छैन भनि चेक जाच गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत शाहीले बताउनु भयो ।

यो वर्ष खार्पुनाथ गाउँ पालिकाले वडा नं ४ छिप्राको वडा भवन निर्माण कार्य सम्पन्न गरेको छ । गाउँ पालिकाको आर्थिक सहयोगमा २ तले ४ कोठे भवन निर्माण गरेको सोही वडाका वडा अध्यक्ष लोकजंग हमालले बताउनु भयो । अव आगामी आर्थिक वर्षमा खार्पुनाथ गाउँ पालिकाले ५ वटै वडाका वडा कार्यालय भवन निर्माणलाई पहिलो प्राथामिकतामा राख्ने र साना तिना टुक्रे योजनाले प्रतिफल नदिने भएकाले कटौति गर्दै जाने र हुम्लाकै नमुना गाउँपालिका बनाउने लक्ष्य रहेको उपाध्यक्ष सिन्दु हमाल शाहीले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्