२४ मंसिर २०८०, आइतबार

ताँजकोटमा फैलिएको अज्ञात रोग नभई मौसमी रुघाखोकी

Khabarsabaiko शनिबार, बैशाख २१, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला
हुम्लाको ताँजकोट गाउँपालिाकामा केही दिन यता फैलिएको अज्ञात रोग नभई मौसमी रुघाखोकी भएको पुष्टी गरेको छ । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी बढेको हुनसक्ने रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बिबेक कुमार लालले जानकारी दिएका छन्
रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर लालका अनुसार ताँजकोट गाउँपालिकाका १,३ र ४मा फैलिएको उक्त विरामवाट ग्रसित सय बढि मानिसको गाउँमै स्वास्थ्यकर्मी पुगरे उपचार गराउको बताउनु भयो । रुघाखोकी पूर्ण रुपमा नियन्त्रणमा नआउदासम्म गाउँमा स्वाथ्यकर्मिहरु खटाएका छन । तीन सातासम्म फैलिएको हुम्ला जिल्लाको अज्ञात रोग भनिएको मौसमी रुघाखोकी भएको पत्ता लागेको छ । रोग प्रभाबित क्षेत्र ताँजाकोटबाट काठमाडौ पठाईएका नमूनाहरुको परिक्षण गर्दामौसमी रुघाखोकी भएको पत्ता लागेको हो ।
काठमाडौंमा प्राप्त भएका पाँच वटा नमूना मध्य एउटामा मौसमी रुघाखोकी भेटिएको र अरु चारवटामा पनि त्यसैको कारण बिरामी भएको पाईएको रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर लालले बताउनु भयो । यसबाट हुम्लामा देखिएको रोग मौसमी रुघाखोकी भएको पुष्टी भएको उहाँले बताउनु भयो ।
चैत्र अन्तिम साताबाट फैलिएको उक्त रोगका कारण १० जनाको ज्यान गएको थियो । भने ७सय ४६ जना उपचार गरिएका मध्ये २सय ३९ जनामा प्रत्यक्ष यो रोग भेटिएको कर्णाली प्रदेश रोग नियन्त्रण महाशाखाका सम्पर्क ब्यक्ती केशब आचार्यले बताउनु भयो । त्यो संगै चार जनाको सुर्खेत उद्धार गरिएको थियो ।
अज्ञात रोग फैलिए पछि गृह मन्त्रालयको समन्वयमा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट बिशेषज्ञ डाक्टर केएन पौडेल , डाक्टर टेकराज भट्राई, डाक्टर केशब अधिकारी र मुगुबाट डाक्टरमनोज तिमिल्सना सहित स्वास्थ्यकर्मीको टोली रोग प्रभाबित क्षेत्रमा आएर उपचार गरेको थियो । चिकीत्सकहरुले ताँजाकोटका घरघरमा गएर स्वास्थ्य शिक्षा पनि प्रदान गर्नु भएको थियो । स्वास्थयको प्रतिवेदनमा हुम्लााका अधिकांस मानिस ४५ वर्ष माथिको उमेर समुहका मानिस दीर्घरोगी हुने तथ्यांक रहेको छ ।
हुम्लामा विषेश गरी रुघाखोकी, झाडापखाला, र भाइरल ज्वरो नै महामरीका रुपमा फैलिने गरेको छ । बैशाखको तेस्रो साता वितिसक्दा सम्म पनि बजेट अधिकांस बजेट कार्यान्वयनमा छैन आधारभुत स्वास्थय सेवा सुदृढ गरी गुणस्तर वनाउन नमुना स्वास्थ्य केन्द्र स्थापना , स्वास्थ्यचौकी प्रयोगसाला, प्राथमिक स्वास्थ्य केन्द्रको सेवा विस्तार, जनशक्ती ब्यबस्थापन सिओसी तालिम लगायतका दर्जनौ कार्यक्रम छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: