About Contact Links
Close
बिज्ञापन
नयाँ शक्ति र फोरमबीच पार्टी एकताको लागि सहमतिमा हस्ताक्षर

Khabarsabaiko शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

खबरसबैको संजददाता काठमाण्डौ
नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेको छ । शनिबार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एकीकरणबारे यसअघि पटकपटक छलफल गरेका दुवै पार्टीले आज आन्तरिक छलफल गरी एकताका आधारभूत एजेण्डा तय गर्न गरेका छन । नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमलाई सरकारबाट बाहिरिनुपर्ने सर्त अगाडि सारेपछि यसबारे निर्णय लिन फोरमको बैठक बसको हो । एकिकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमती भएको छ । नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, शोषणको अन्त्यगर्न पार्टीले भुमिका खेल्न सहमतीमा उल्लेख छ ।पार्टीको पहिलो बरियतामा बाबुराम भट्टराई र दोस्रोमा उपेन्द्र यादव रहने सहमति भएको स्रोतले बताएको छ । संघीय परिषदको अध्यक्षता भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने आन्तरिक सहमति भएको छ । संघीय परिषदको अध्यक्षलाई केन्द्रीय समितिको निर्णय उल्ट्याउने अधिकार हुने स्रोतले बतायो । नयाँ शक्तिले सरकार छोड्ने कुरा न्युनतम सर्तका रुपमा अघि सारेपछि फोरमले पार्टीको केन्द्रीय समितिमा विस्तृत छलफल गर्न लागेको हो। संविधान संशोधनलगायतका एजेण्डासहित सरकारमा सहभागी भएको फोरमले ती एजेण्डामा सरकारलाई दबाब दिन सरकारबाट बाहिरिने वा सरकारमै बस्नेबारे विभिन्न समयमा आन्तरिक छलफलसमेत गर्दै आएको थियो ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७