१६ चैत्र २०८०, शुक्रबार

किशोरीहरुका लागि महिनावारी सुरुक्षा र प्याड बनाउने तालिम

Khabarsabaiko शनिबार, जेठ ०४, २०७६

अर्जुन बोहरा सिमकोट
जेष्ठ ४ गते हुम्ला
नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा माहावौद्ध मावि याल्वाङ्गमा अध्यायनर ८१ जना किशोरीहरु लाई १ दिने महिनावारी स्वास्थ्य तथा प्याड बनाउने तालिम सम्पन्न भएको छ ।
लामा समुदायिमा महिनावारीको तेति विभेद नभएयता पनि सुरक्षित रहनको लागि पहिलो पटक हुम्लाको उतरी नाम्खा गाउँपालिका वडा ५मा रहेको माहावौद्ध मावि याल्वाङ्गमा अध्यायनरत माविस्तमा र अन्य किशोरी लाई महिनावारी हुँदा सुरक्षित र प्याड बनाउने तालिम दिएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए । अधिकाँस गाउँमा लाजमानी रोग लाई लुकाउनाले पछि परिणाम नराम्रो आउने हुदा लाज नमानी आफूलाई लागेको रोगका बारेमा जानकारी गराउन आग्रह गर्दै विकृति , विसंगति र अन्धविश्वासको अन्त्य गर्न आवश्यक रहेको बताए । हरेक किशोरीहरु र महिलाहरुमा गुणस्तरीय महिनावारी सरसफाइ व्यवस्थापन पहुँच पुर्याइ उनीहरुको गरिमा र आदर बढाउन सहयोगको लागि तालिमको आयोजना गरिएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका सह संयोजक दान बहादुर बोहराले बताउनु भयो । विद्यालयमा अध्यायन गर्ने किशोरी होस या गाउँमा रहेकी महिलाहरुका लागि दिन महिनावारी सरसफाइ र महिनावारी स्वास्थ्य सम्बन्धि तालिम संचालन गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्