१६ चैत्र २०८०, शुक्रबार

गाउँपालिका अध्यक्षका छोरा बाटै पत्रकार रावल माथि ज्यान मार्ने धम्की

Khabarsabaiko सोमबार, जेठ ०६, २०७६

खबर सबैको संवदाता

कालिकोट संवादाता जेष्ठ ६ गते
गाउँपालिकाको गाडी दुरुपयोग गरेको भन्ने समाचार लेखेको बिषय लिएर कालीकोटबाट थाहासंचार नेटर्वकका संवाददाता रमेश रावल लाई अध्यक्षका छोराले नै फोन गरि ज्यान मार्ने धम्की दिएका छन । कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर बिष्टका छोरा विशाल बिष्टले पत्रकार रावललाई आज दिउँसो ठिक ३ बजे फोन गरि ज्यान मार्ने धम्की दिएका हुन् ।
मोबाइल नम्बर ९८४३६५४२१७ बाट फोन गरी विष्टले रावलको पहिले समाचार लेख्ने हात काट्ने र पछि ज्यान मार्ने धम्की दिएका हुन्। गाउँपालिकाको गाडी दुरुपयोग गरेको भन्ने समाचार लेखेको आधारमा अध्यक्षका छोराले आफूलाई फोन गरी ज्यान मार्ने धम्की दिएको पत्रकार रावलले बताएका छन्। ’केन्द्रको सरकार पनि आफ्नो पार्टीको भएको र स्थानीय सरकार पनि आफ्नै पार्टीको भएकाले जुनसुकै बेला पनि मार्ने धम्की दिए,’ उनले भने। पत्रकार रावलले सोमबार नै सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताएका छन्। पत्रकार रावल नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेका साथमा सुरक्षाकबो माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। यसैबीच,गाउँपालिकाका अध्यक्षका छोरा विष्टले धम्की दिएको स्वीकारेका छन्। उनले समाचारको खण्डन गर्नभन्दा पनि पत्रकारले गलत समाचार लेखेका कारण आफूले धम्की दिएको भन्दै पन्छिन खोजेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्