२४ भाद्र २०८१, सोमबार

गुरु पेमा रिक्शाल द्धारा च्याँग्ला ख्म्युजुङ गुम्बा उद्घाटन -फोटो फिचर

Khabarsabaiko बिहिबार, जेठ ०९, २०७६

अर्जुन बोहरा

जेष्ठ ९ गते हुम्ला
सिमकोट गाउँपालिका वडानं १कोको दोजमा गाउँमा निमार्ण भएका च्याँग्ला ख्म्युजङ गुम्बाको उद्घाटन गरिएको छ । विहीबार बौद्धधर्मलम्बीका गुरु पेमारिक्सला रिन्पोछे द्धारा गुम्बाको औपचारिक उद्घाटन गर्नु भएको छ। उद्घाटन कार्यक्रममा गुरु रिन्पोछेले आयु अभिषेक (छेवाङ) दिएको वडान१ का अध्यक्ष तारा बहादुर लामाले बताउनु भयो ।गुम्बा निर्माणका लागि वडा ८ बाट ७ लाखा र बाँकी सामुदायको श्रमदान गरि ११ लाखाको लागतमा गुम्बा निमार्ण गरिएको वडा अध्यक्ष तथा गुम्बा व्यबस्थापन समिति अध्यक्ष तारा बहादुर लामाले बताउनु भयो । ञियाक्पा समुदायका लामाहरुले तिन बर्ष लगाएर पहिलो पटक आफनै धार्मिक आस्था अनुसार गुम्बा निमार्ण गरेका छन । धर्म र संस्कृतिलाई विकासको माध्यम अगाडी बढाउनु पर्ने र हत्या, हिंसा,त्याग्नु पर्ने प्राकृतिक श्रोत साधानको पुजारी भएर शान्ति रुपमा बाँच्न मानव लाई सहजरुका लागि सबै लाग्नु पर्ने गुरु पेमाक्सिाल प्रवचन दिएकोे अध्यक्ष लामाले जानकारी गराउनु भयो । गुम्वाको उद्दघाटन गर्नुको साथै मूर्ती प्रतिस्थापान, धार्मीक प्रवचन तथा वाङ अभिशेष कार्यक्रम पनि संचालन भएको छ । आज भएको सो कार्यक्रममा सायहक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखेरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम गुम्बा व्यावस्थापन समितीका अध्यक्ष तारा बहादुर लामाको सभापतीत्वमा सम्पन्न भएको छ । च्याँग्ला ख्म्युजङ गुम्बाले प्राृकतिका ऐतिहासिक स्थल भएकाले यस्ता खाले सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा जोड दिनुपर्ने बताएका छन । वक्ताहरुले बताएका छन् । सबै पक्षले जोड दिएर यसलाई पर्यटकिय थलो बनाउनुपर्ने अध्यक्ष लामाले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्