१५ चैत्र २०८०, बिहिबार

गणतन्त्र दिवसकै अबसरमा सिमकोट बजार सरसफाई

Khabarsabaiko बुधबार, जेठ १५, २०७६

अर्जुन बोहरा

सिमकोट हुम्ला जेष्ठ १५
बाहौ गणतन्त्र दिवस–२०७६ आज देशभर विभिन्न कार्यक्रम मनाईरहेका छन । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक बषै जेठ १५ गते यो दिवस मनाइन्छ।
एक सय अढाइ ५० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो। गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ। ऋाज गणतन्त्र दिवसको अबसर पारी हुम्लामा पनि विहान सदरमुकमा सिमकोट बजारमा सरसफाइ कार्यक्रम गरेको छ । जिल्ला प्रशासन सुरक्षाका निकाया, सरकारी कार्यलय सिमकोट गाउँपालिका र स्थानीय पत्रकारसँग सहकार्य गरी सिमकोट तल्लो बजार हुँदै काठेचुली बालमन्धिर कालिन्चोक सिमकोट विमानस्थल हुँदै लोकतान्त्रिक चोकमा गएर कोण सभा भएाके छ ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी,जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा,प्रमुख जिल्ला अधिकारी धोल राज ढंकाल, प्रहरी सशक्त प्रहरी वल नेपाली सेना लगायतको सहभागिता ररहेको छ ।

कोण सभा लाई समापन गर्दै जिल्ला समन्वय प्रमुख दान बहादुरले सरसफाइ कार्यक्रममा सहभागी भएकोमा बधाईका साथै गाणतन्त्र स्थापना गर्नको लागि वलदिना दिने शहित प्रति श्राद्धासुन व्यक्त गर्नु भयो । प्रमुख जिल्ला अधिकारी ढंकालले अब यो गणतन्त्र दिवस लाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्