अर्जुन बोहरा सिमकोट हुम्ला जेष्ठ १८ गते
बाईजाउँ हुम्ला कार्यक्रममा सहभागि हुनु भएका कर्णाली प्रदेशकै नव गायक पाण्डब विष्टको उपचारको लागि खार्पुनाथ युवा क्बलब द्धारा ७४ हजार ७ सय ४० रुपैयाँ सहयोग रकम हस्तान्तरण भएको छ । खार्पुनाथ गाउँपालिका ५का सदस्य तथा क्लबका सल्लाहाकार भरत शाहीको नेतृत्व शनिबार विहान सिमकोट बजारमा संचालन गरेको पाँण्डब विष्ट बचाउ अभियानमा ३ घण्टा भित्रै ७४ हजार ७सय ४० रुपायाँ संकलन गरेको हो । विष्ट बचाउ अभियान बाट उठेको रकम हुम्ला बाईजाउँ कार्यक्रममा देउडा कलाकार पाण्डब विष्ट लाई सहयोग गरेको मानसरवर बहुमुखी क्याम्पस हुम्लाका प्रमुख बशन्त रोकायाले बताउनु भयो । कर्णालीका लोकप्रिय देउडा गायक पाण्डब बिष्ट ढाड को बिरामी छन । कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका वडानं ८ निवासी पाण्डब विष्ट केहि बर्ष अघि घरकै छत बाट खसेपछि एउटा मेरुदण्ड भाँचिएको र अहिले सम्म आर्थिक अभावकै कारणले अझै उपचार गर्न समस्या भएकै कारणले युवा क्लबल द्धारा रकम जुटाएका छन ।