०६ कार्तिक २०८१, मंगलबार

कर्णाली प्रदेशका२५ नगरिपालिका ५४ गाउँपालिकामा १६ अर्ब ६२ करोड बजेट

Khabarsabaiko मंगलबार, जेठ २१, २०७६

देविराम देवककोटा काठमाण्डौ
जेष्ठ २१ गते
कर्णाली प्रदेशको आगामि आर्थिक बर्ष २०७६÷०७७ को लागि १६ अर्ब ६२ करोड ४ लाख रकम विनियोजित गरेको छ । जस अनुसार जुम्लामा जिल्लामा ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकालको लागि २ अर्ब९३ करोड बजेट विनियोजित गरेको छ , भने जाजरकोट जिल्लाका नगरपालिका ३ र ४ वटा गाउँपालिका गरि १ अर्ब८२ करोड १ लाख बजेट छुटाएको छ । त्यसै गरि जुम्ला जिल्लाको १ नगरपालिका र ७ गाउँपालिकालको लागि १ अर्ब ५८ करोड८० लाख बजेट छुटाएको छ । रुकुम जिल्लामा ३ नगरपालिका र ३ वटा गाउँपालिका लागि १ अर्ब ५१ करोड ४२ लाखा,दैलेखका ४ नगरपालिका ७ गाउँपालिका लागि २ अर्ब ६८ करोड६३ लाख रकम विनियोजित गरिएको छ । मुगु जिल्लाको १ नगरपालिका ३ गाउँपालिका लागि १ अर्ब १ करोड४५ लाख र सल्यानका ३ वटा नगरपालिका ७ वटा गाउँपालिका लागि २ अर्ब ३८ करोड ८८ लाखा रकम विनीयोजिक गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा ५ नगरपालिका र ४ वटा गाउँपालिका २ अर्ब ८४ लाखा२३ लाख बजेट विनीयोजित भएको छ । हुम्लाको ७ गाउँपालिकालको लागि १ अर्ब २२ करोड ३५ लाख बजेट विनीयोजित गरेको छ । डोल्पा जिल्लाका २ वटा नगरपालिका ६ वटा गाउँपालिका गरि १ अर्ब २२ करोड३५लाख बिनियोजित भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्