About Contact Links
Close
बिज्ञापन
२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

Khabarsabaiko बुधबार, जेठ २२, २०७६ मा प्रकाशित

खबरसबैको संवदाता काठमाण्डौ
नेपाल सरकार गृहमन्त्रालयले विभिन्न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।गृहले निकालेको सरुवा सूचीमा गोपालकुमार अधिकारीलाई तनहुँ पठाइएको छ। गृहले रुपन्देहीकामा उद्धवबहादुर रानामगरलाई काभ्रे सरुवा गरेको छ। कपिलवस्तुका अर्जुनप्रसाद पोखरेललाई रुपन्देही सरुवा गरिएको छ। गोरखाका गजेन्द्रबहादु श्रेष्ठलाई कपिलवस्तु पठाइएको छ भने सर्लाहीमा कृष्णबहादुर राउत गएका छन्। डोटीमा टेकनारायण पौडेल गएका छन्।
नुवाकोटका उद्धवबहादुर थापालाई गृहमन्त्रालयमा सरुवा गरिएको भने नुवाकोटमा द्रोण पोखरेललाई पठाइएको छ । त्यसैगरी सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितलाई तनहुँ पठाइएको छ। सिन्धुलीमा जनार्दन गौतमको सरुवा भएको छ भने ध्रुवबहादुर खड्का उदयपुर पुगेका छन्। गृहले सहायक प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ। गृहले पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, रुपन्देहीमा शम्भुप्रसाद रेग्मी र गोरखामा देवेन्द्र लामिछानेलाई पठाएको छ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७