११ आश्विन २०८०, बिहिबार

जेष्ठ पुर्णिमा ,पवित्र रलिङ तिर्थस्थल गुरु पद्मसम्भवको भव्यरुपमा पुजापाठ

Khabarsabaiko मंगलबार, आषाढ ०३, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला असार ३ गते

हुम्लाको सिमकोट गाउँपालिका वडानं २ मा पर्ने पवित्र तिर्थस्थल रलिङ तिर्थस्लमा रहेको गुरु पद्मसम्भवको भव्यपुजाआज सम्पन्न भएको छ ।
हरेक बर्ष जेष्ठ पुर्णिमाकै दिनमा लाग्ने पवित्र तिर्थस्ल रलिङ गुम्बा मेला लाग्ने गरेको छ । भगवान गुरु पद्मसम्भवको पुजाआज गर्नको लागि एकादशी देखि भक्तालुहरु जाने गरेको लामा पुजारी लोप्चाङ लामाले बताउनु भयो ।उहाँका अनुसार एककादशी देखि शुरु भई पुर्णिमाको दोश्रो दिन सम्म पवित्र तिर्थमा मेला लाग्ने गरेको बताउनु भयो । कैलाश मानसरवरकै मिनी कैलाश मानसरवरकोरुप हो भन्ने धािर्मक शास्त्रमा उल्लेख गरेको समेत लामा पुजारीले बताएका छन । तीन दिन अगाडि देखि गुरु पद्मसम्भवका पुजापाठ सुरु भएकोमा सोमबार त्यसको समापन हुने र दर्शन गर्न गएका भक्तालुहरु रातभर ब्रत बसेर मनोकांक्षा ( बर ) माग्ने गरेको धार्मिक संस्कार रहेको समेत पुजारी लामाले जानकारी गराएका छन ।
बौद्धर्धमलम्बी र हिन्दुधर्मलम्बीहरको समिश्रणको पवित्रस्थान रलिङ तिर्थस्थलमा सोमबार विहान बाटै विविभन्न गाउँबाट दर्शन गर्नको लागि भत्तालुहरु जाने र आफनो मनोआकाक्ष अनुसार बर माग्ने धार्मिक विश्सास रेहको पाईन्छ ।
स्थानीय भेषभुषामा सजिएका तीर्थालुहरुले रात भरि आफना उमेर समुहसंग देउडा खेल खेलेर मनोरञ्जन गर्ने गर्दछन् । विहान लामा समुदाय गित चाँची भगवनाको भोजन गाएर दिन भरि बाजागाजा सहित स्थानीय धुच्चाँङ्ग खेल खेल्ने चलन रहेको छ ।
रलिङ तिर्थस्थलमा बिक्रम सम्वत् १२१३ को सालमा असोक चल्लको पालमा नेपाली खस भाषा लेखिएको ताम्रपत्र जस्ता ऐतिहासिक महत्वका सम्पदाहरु भेटिन्छ ।
आज पवित्र तिर्थस्थल रलिङ गुम्मा भगवान पद्मसम्भवको पुजाआज गरि वेलुकी तोक्रा चउरमा उमेर समुहले देउडा खेल खल्ने र मिठा मिठा परिकार एक आपसमा बाँडीचुढी खाने र पाहुना लाई सत्कार गर्ने संस्कार रहेको लामा पुजारीले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: