Khabarsabaiko मंगलबार, आषाढ ०३, २०७६
खबरसबैको डटकम
कर्णाली संस्कृती संरक्षण केन्द्र नामक संस्थाले अदानचुली स्मारीक नामक पुस्तक बिमोचन गरेको छ । हुम्लाको अदानचुली गाउँपालीकामा पहिलो पटक अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले उक्त पुस्तक बिमोचन गर्नु भएको छ ।
गाउँपालिकामा नमुना योग्य काम गरेको भन्दै आगामि दिनमा सहयोग गर्ने गाउँपालीकाका अध्यक्ष फडेराले बताउनु भएको छ र
संस्थाका अध्यक्ष राजबहादुर दानीले लामो समय लगाएर १८० पृष्ठको “अदानचुली स्मारीका” नामक पुस्तक प्रकासीत गर्नु भएकोे छ । कर्णाली प्रदेशका बिभिन्न राजनितिक दलका नेता,गाउँपालीकाका अध्यक्ष उपाध्यक्षहरुको पनि शुभकामना समेटीएको र धेरै भन्दा धेरै अदानचुली गाउँपालीकाका,कलाक्रमी,ईतिहाँसका साक्षी,राजनितिक दल,जनप्रतिनिधि,शिक्षक बुद्धिजिबि,बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरतहरुको भावना,उहाँहरुले दिएको योगदान,उहाँहरुको शिप,क्षमता र गर्न सक्ने कामहरुको बारेमा समेटेर पुस्तक प्रकासन गरीएको बताए । पुष्तक बिमोचन कार्यक्रम सँगै बिभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम पनि गरीएको अध्यक्ष दानीले बताउनु भयो । अध्यक्ष दानीका अनुसार कार्यक्रमलाई आक्रषक बनाउनका लागि मैला देडा,ढाल फुर्का ,पुरुष देउडा,बाजा टिम,हुड्के नाच समेत गरीएको बताए ।
बिमोचन कार्यक्रममा अदानचुली गाउँपालीकाका अधिकांस ब्यक्तित्वहरुको साथै जिल्ला समन्वय समितिका सदस्यहरुको पनि उपस्थिती रहेको उक्त संसथाका सदस्य पर बहादुर थापाले जानकारी दिनु भयो । उहाँका अनुसार आज बिमोचन गरीएको “अदानचुली स्मारीका” नामक पुस्तक संस्थाका सदस्यहरु सँग सम्पर्क गरी लिन सक्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी भएका कलाक्रमीलाई सहभागीताको आधारमा पुरस्कारको पनि ब्यबस्था गरीएको बताए , आज सम्पन्न कार्यक्रममा करिब २३ हजार बराबरको पुरस्कार बितरण गरीएको छ ।