Khabarsabaiko आइतबार, आषाढ ०८, २०७६
 
अर्जुन बोहरा
 सिमकोट हुम्ला
सरकारले तिनै स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरु लाई पारिश्रमीक तोकिरहेको वेला हुम्लाको सिमकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले आफ्नो ५ वर्षको अवधीमा पाउने पारिश्रमिक वापत १६ लाख २५ हजारको अक्षय कोष स्थापना गर्नु भएको छ ।
जिल्लाका वालिवालिकालाई छात्रावृद्धी प्रदान गर्न आफ्ना स्वर्गिय आमा वुवाको नाममा अकबरे लक्षी शैक्षिक स्मृती अक्षय कोषको स्थापना गर्नु भएको छ । सरकारले दिने सेवा सुविधामा कमी गरेको भन्दै गाउँपालिका जनप्रतिनिधी देखि साँसद सम्मले सरकारलाई थप बजेट माग समेत गरिरहेका छन् ।तर हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले भने आफुले पाएको पारिश्रमिक समेत गरिब र विपन्न वालवालिका लाई छात्रावृती घोषणा गर्नु भएको छ ।
निर्वाचित भएदेखि अहिलेसम्मको पारिश्रमिक बापतको ६ लाख ५० हजारको चेक एक कार्यक्रमका बिच कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही मार्फत हस्तान्तरण गर्दै रावतले अकबरे लक्षी शैक्षिक स्मृती अक्षय कोष स्थापना गर्नु भएको छ ।
आफु ९ वर्षको उमेरमा आमा र २१ बर्ष उमेरमा बुवा गुमाएर पढ्न नपाएको पिडाले अबका वालवालिकालाई त्यस्तो नहोस भन्न उद्देश्यले आफुले कोष स्थापना गरेको उपाध्यक्ष रावतले बताउनु भएको छ । कोषको स्थापना गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले आफुले पाएको पारिश्रमिक सामाजिक काममा लगाउने कर्णाली प्रदेशकै रावत पहिलो व्यक्ती भएको भन्दै एक नम्बरको भएको प्रशंसा गर्नु भयो ।
आजै कर्णाली प्रदेश मुख्य मन्त्रि महेन्द्र बहादुर शाहीले अकवरे लक्ष्मी स्मृती शैक्षिक स्मृति अक्षयकोषका संरक्षण जिल्ला समन्वय समितिका दान बहादुर रावत लाई ६ लाख ५० हजारको चेक हस्तान्तरण गर्नु भएको छ ।
चेक हस्तान्तरण गर्दै मुख्य मन्त्रि शाहीले कर्णाली प्रदेशमै नमुना र पहिलो उदरणीएय जनप्रतिनिधीकारुपमा यो कोषले शैक्षिक क्षेत्रको विकासामा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले भन्नु भयो आफु पास भएको चिन्ता होईन अरुले पास गरेको चिन्तामा रुमालिने कर्णालीका बासिन्दाहरु सामाजिकरुपमा उदरणिय सेवा दिने व्यक्ती विरलै भेटिने गरेको बताए ।
अहिलेको शिक्षा पढेर सर्टिफिकेट झोलामा हालेर हुँदैन केबल आफैले चिया बनाएर खाना खाने क्षमता, गाडी चलाउने क्षमता र च्यातिएको कपडा समेत शिलाएर लगाउने शैक्षिक योग्यता हुनु पर्ने बताउनु भयो । अबको शिक्षा नमुना पाठयक्रमको शिक्षा प्राकृतिक संग प्रेम गर्ने शिक्षा कर्णालीमा हुनु पर्ने जोड दिनु भयो ।
आफ्नो पारिश्रमिक भन्दा थप विकासे रकमको लागि स्थानीय तह देखि प्रदेश र संघका जनप्रतिनिधीले मोलामोल गरिरहेको वेला हुम्लामै पहिलो उदरणयि काम उपाध्यक्षले शुरु गरेका छन् । गरिब, जेहेन्दार र लगनशील विद्यार्थीको अध्ययनमा सहयोग पुरयाउने उद्देश्यले एक कार्यक्रमका बिच ‘स्व. अकवरे लक्ष्मी स्मृती शैक्षिक स्मृति अक्षयकोष’ स्थापना गरिएको हो ।
जिल्लाका बालबालिकाको पढाइ, विद्यालय पोशाक, पाठ्यपुस्तक, कापी कलमलगायत सबै शैक्षिक सामग्री सोही अक्षयकोषको व्याजबाट उपलब्ध गराइने छ । अक्षय कोष घोषणा कार्यक्रमा कर्णाली प्रदेशका सामाजिक मन्त्रि दल रावल, सांसद छक्क बहादुर लामा ,जिल्ला समन्व समितिका प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा,प्रमुख जिल्ला अधिकारी धोलकराज ढंकाल ,नेकपाका केन्द्रिय सदस्य विज भण्डारी, सरकारी गैरसकारी कायलय प्रमुख सुरक्षा निकाया संचारकर्मि समेतको सहभागिता थियो ।
 
 
								 
								 
								 
								 
   
   
   
   
   
  