१४ मंसिर २०८०, बिहिबार

नेकपा हुम्ला द्धारा अष्पतालकै परिसरमा २ सय विरुवा रोपिए

Khabarsabaiko आइतबार, आषाढ १५, २०७६

अर्जुन बोहरा
नेपाल कम्युनिष्ट पार्टी हुम्लाले पनि राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज वृक्षारोपण गरेको छ । जिल्ला अष्पतालको हात भित्र नेकपा हुम्ला पार्टी नेताहरु द्धारा २ सय विभिन्न जातका विरुवा वृक्षारोपण गरेको जिल्ला कमिटी सदस्य कमल बोहराले बताउनु भयो । नेपालमा हरेक वर्षको असार १४ गते वृक्षारोपण दिवस मनाउने क्रममा हुम्लामा पहिलो पटक राजनितीक दलबाट विरुवा रोन्ने काम भएको छ । वृक्षारोपणको शभारम्भ गर्दै नेकपाका केन्द्रिय सदस्य विजय भण्डारीले रोपिएको विरुवाको हेरचाह गर्न जिल्लाल अष्पतालका कर्मचारीहरु लाई आग्रह गर्नु भएको छ ।

नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीका अनुसार हरेक गाउँ टोली सबैले एक जानले २ वटा रुखका विरुवा रोप्न समेत आग्रह गर्नु भयो । उहाँका अनुसार आफ्नो घरआँगन, खाली भू—भाग तथा उपयुत्त स्थानमा विरुवाहरु रोप्न सम्पूर्ण जिल्ला बासी लाई आग्रह छ ।
वृक्षारोपण राष्ट्रिय दिवसको अवसरमा नेकपाका जिल्ला कमिटी हुम्लाले जिल्ला कमिटी सदस्य, सातै वटा गाउँपालिकाका बासीन्दा लाई कम्तिमा दुई वटा विरुवा रोपी त्यसको हेरचाह समेत गर्न अनुरोध गरेको छ ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, जिल्ला समन्वय हुम्लाका प्रमुख दान बहादुर रावत, अनचुली गाउँपालिका अध्यष्ँ दल फडेरा, कोष तथा लेखा नियन्त्रक राजन रेग्मी, वन डिभिजन कार्यलयका नि प्रमुख निराजन झा, लगायतले वृक्षारोपण गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: