०१ कार्तिक २०७८, सोमबार

स्वस्तिमालाई स्पेशल जुरी र्वार्ड

Khabarsabaiko सोमबार, आषाढ २३, २०७६

श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क फिल्म फेस्टिवल’ मा नेपालले दुई अवार्ड हात पारेको छ । चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठहर्‍याउँदै ‘स्पेशल जुरी अवार्ड- पर्फमेन्स’ जितेकी छन् ।

त्यस्तै अविनाश विक्रम शाहले निर्माण गरेको छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड प्राप्त गरेको छ । यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।सार्क फिल्म फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्