१६ चैत्र २०८०, शुक्रबार

दृर्घटना उपाध्यक्ष हमालको,शव भेटियोे, नौ जना अझै बेपता

Khabarsabaiko बुधबार, आषाढ २५, २०७६

हुम्लाको खार्पुनाथ गाउयँपालिका वडानंं ५स्थित कर्णाली नदीमा खसेको जिप सहित १० जना यात्रु मध्ये २२ दिन पछि एक जनाको शब भेटिएको छ । अन्य ९ जान अझै बेपता रहेको प्रमुख जिल्ला अधिकारी धोलक राज ढंकालले बताउनु भयो । कर्णाली नदिमा भेटिने वेपताको लाश खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको भएको समेत प्रमुख जिल्ला अधिकारी ढंकाले बताउनु भयो ।खार्पुनाथ देखि ४५ कोष टाढा दक्षिणमा रहेको सर्केगाढ गाउँपालिका वडानं ४ दुल्ली र मुन्डी स्थित नागरा भन्ने स्थानमा उपाध्यक्ष हमालको शब भेटिएको जिल्ला प्रहरी कार्यलय हुम्लाका इनिस्पेक्टर राजेन्द्रबहादुर सिहले जानकारी दिनु भयो ।
कर्णाली नदिकै छेउमा भेटिएको शब जिल्ला प्रशासन कार्यलय लाई जानकारी गराए लगतै फिस्टेल एअरको हेलिकप्टर बाट प्रमुख जिल्ला अधिकारी धोलक राज ढंकाल, प्रहरी,मृत्यकमा आफन्त लगायतको टोलि शब भएको स्थानमा पुगेको हो ।

आजै पोष्टमार्टम पछि शब उपाध्यक्षकै श्रीमान धिरेन्द्र शाही लाई बुझाई हिन्दुधर्म संस्कार अनुसार दाससंस्कार गरिएको शब भेटिएको स्थान बाटै प्रमुख जिल्ला अधिकारी ढंकालले बताए । दश जना यात्रहरु सवार जिप गएको असार ३ गते दृर्घटना भएको हो ।
गोताखोरको टोली,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले हप्तौदिन खोजीकार्य जारी राखेता पनि अहिले सम्म शब भेटिएको थिएन । प्रहरीले दिएको जानकारी अनुसार अझै ९ जना बेपता छन् ।

यहाँ कमेन्ट गर्नुहोस्