१५ चैत्र २०८०, बिहिबार

बालविवाह न्युनिकरणका लागि सिमकोट गाउँपालिकामा वालकचहरी कार्यक्रम

Khabarsabaiko बिहिबार, आषाढ २६, २०७६

अर्जुन बोहरा, सिमकोट हुम्ला
हुम्लाका स्थानीय निकायमा वालविवाह न्युनिकरण गर्नका लागि हस्ताक्षर संकलन गरेको छ । सदरमुकाममै रहेको सिमकोट गाउँपालिकामा पहिलो पटक गाउँपालिकाका सबै वडामा वालविवाह,वालहिंसा,वालश्रम लगायतका वालअधिकारका बारेमा एक दिने वालकचहरी कार्यक्रम आयोजना गरेको हो । दुरव्यवहार अन्त्य,हाम्रो सबैको सरोकार ,समुन्नुत समाज, सुनिश्चत समाज बाल अधिकार भन्ने मुल नारा सहितको वालअधिकारको सम्र्वद्धन वालविवाहको अन्त्य बिषयक बालकचहरी कार्यक्रममा हस्ताक्षर संकलन गरेको छ ।
वालकचहरी कार्यक्रममा गाउँपालिका भित्र हुने बालश्रम, छुवाछुत, घरेलु हिंसा, बाल बिबाह र अन्य कुप्रथा अन्त्यका लागि गाउँपालिका जिल्ला प्रशासन कार्यलय ,सुरुक्षा निकाया र कानुनी निकायाहरुको भुमिका के भन्ने प्रश्न प्रमुख संग ७ वा माविमा अध्यायनरत किशोर– किशोरीले सम्बन्धित निकाया लाई प्रश्न गरेका थिए ।
हुम्लाका ७ वटै स्थानीय निकायाले वालवालिकाका हरेक क्षेत्रमा बालविवाह न्युनीकरण अभियानलाई ध्यान नदिएकोले यसमा पहिलो प्रथामिकता दिनु पर्ने जिल्ला समन्वय समिति हुम्लाका प्रमुख दानबहादुर रावतले बताउनु भयो ।
जिल्लामा वालविवाहा,हिंसा,होटलहरुमा वालश्रमा लगाएकोले यसको खोजीनिति गर्नु पर्ने तिनै तहको भुमिका यसमा हुनुपर्ने आग्रह गर्नु भयो । वालविहा वालवाकिला हिंसा र होटलहरुमा वालश्रममा लगाएको खबर आएकोले यसको सम्बन्धित निकायाले खोजी निति गर्नु पर्ने बाताउनु भयो ।
बालकचहरी कार्यक्रमा बालवालिका अधिकारका बारेमा सोधिएको प्रश्नमाथि जवाफ दिदै सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले हुम्लामा वालविवाहा बढुनुको कारण मोबाइल,इन्टरनेट, र अर्काको देखासिकी बाट हुने गरेको आँशाका व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो भावि दिनमा गाउँ,जिल्ला र देश बनाउने बालवालिकाकै हात भएकोले समयमै आफनो अधिकारको बारेमा सम्बन्धित निकाया लाई आफनो जिज्ञासा राखेको समेत बधाई दिए । सिमकोट गाउँपालिकामा १५ प्रतिशत वालवालिका, निजी स्तर बाट शिक्षक र विद्यालयका शैक्षिक, भौतिक पुर्वधार निमार्णमा पहिलो प्रथामिकता दिएको अध्यक्ष लामाले बताउनु भयो ।
नेपाली समाजमा जरो गाडेर बसेको कुप्रथा वालविवाहलाई न्युनीकरण गर्नका लागि सुरुवाती काम गर्नको लागि सबैको आवश्यकता रहेको समेत साहयक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल बताउनु भयो । साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले भने बाल हितका सचेतना, आचरण र ब्यवहार परिवर्तन गर्नको लागि पहिलो आवश्यकता रहेको जोड दिनु भयो ।

बालहितका सवालमा ब्यक्ति, परिवार, टोल, समाज समेतले जिम्मेवार भएर गलत आचरण र ब्यवहारका विरुद्ध सबै लाग्नु पर्ने नेपाली काँग्रसेका जिल्ला सभापति जयपति रोकायाले बताउनु भयो । उहाँले भन्नु भयो बिशेष वालअधिकारको बारेमा गाउँपालिका नै पहिलो जिम्मेवारी भएकोले आफनो पालिकामा भित्रका वालवालिकाहरुको अबस्थाको बारेमा जिम्मेवारी लिन आग्रह गर्नु भयो ।
सिमकोट गाउँपालिकामा मात्रै ७ जानले विद्यालयमा अध्यायन गर्दा गर्दै वालविवाहा भएको प्रतिवेदन सार्वजनिक गरेपछि सम्बन्धित निकाया नै वालविवाहाका उजुरी नआएको बताएका छन । वालकचहरी वहस कार्यक्रममा वोल्दै सहभागिहरुले सरोकारवाला निकायाले बालहितका सवाल एकै पक्षको पहलमा प्रभावकारी नहुने भएकाले सबै पक्षले आ–आफ्नो क्षेत्रबाट प्रतिवद्धता थाल्नु पर्ने बताए ।
उता जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी इनिस्पेक्टर राजेन्द्रबहादुर सिहंले राज्यले निर्धारण गरेको कानुनको रक्षक भएकाले बालहितका हरेक सवालमा काम गर्न बफादार भइरहेको वेला अहिले सम्म वालहिंसा,वालविवाहा लगायतको बारेमा उजुरी नपरेको बताउनु भयो । सिमकोट गाउँपालिकामै रहेको चारवटा माविमा अध्यायन गर्ने किशोरकिशोरीले वालविवाहा, वालहिंसा वालअधिकार, वालवालिका ओसारपोसार लगायतका बिषयमा सरोकारवाला निकायले कार्यन्वयन नगरेको बारेमा आक्रोश पोखेका छन ।
गाउँपालिकाले वालवालिका लाई लक्षित गरिएको बजेट समेत लक्षित वर्गमा नुपुगेकोले सबै वडामा प्रभावकारीरुपमा कार्यन्वयन गर्न स्थानीय जनप्रतिनिधी लाइए समाजमावदी पार्टी नेपालका जिल्ला नेता विरजन शाहीले बताए ।
किर्डाक नेपालको आयोजना गुर्डनेर्भस इन्टरनेशनलको आर्थिक सहयोगमा र सिमकोट गाउँपालिकाको समन्वयमा बालविवाह अन्त्य गर्ने बिषयमा सिमकोट गाउँपालिकामा रहेका माविमा अध्यायन गर्ने किशोरी विच आज अन्तक्रिया कार्यक्रम आयोजना गरेको किडाक नेपाल हुम्लाका कार्यक्रम संयोजक जनक बुढाले जानकारी दिनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्