२९ भाद्र २०८१, शनिबार

ईन्जीनिएर रावत कालिका गाउँ बाटै हराए, खोजी कार्य जारी

Khabarsabaiko सोमबार, आषाढ ३०, २०७६

हुम्ला,
आरसी आई डब्लु (कामको लागि खाद्ययन्न कार्यक्रम) कार्यक्रमका ईन्जिनिअर बशन्त रावत आईतबार विहान देखि कालिका गाउँको लौठी गाउँ देखि हराएका छन । विहान चिया खाएर घर बाट बाहिर निस्कीएका रावत वेलुकी सम्म आफ्नो बस्ने कोठा नआए पछि अहिले अदनचुली गाउँपालिकाका स्थानीय बास्न्दिा र श्रीनगर प्रहरी चौकीले खोजी कार्य गरिरहेको कालिका बाट कृष्ण फडेराले बताउनु भयो ।
एकासी घर बाट निस्कीएका रावत दुर्इ दिन सम्म सम्पर्कमा नआउँदा निज बस्ने साथीको घरमा सोधपुछ तथा खोजतलास गर्दा पनि फेला पार्न नसकिएको परिवारमा झनै चिन्ता थपिएको छ ।  अहिले व्यापक खोजी कार्य भईरहेको छ । रावत सिमकोट गाउँपालिका वडान ६ निवासी जिल्ला समन्वय समितिका हुम्लाका प्रमुख दान बहादुर रावतका माहिला छोरा हुन् ।
अहिले हुम्लाको दक्षिण ताँजकोट र अदनचुली गाउँपालिकामा संचालन भएका RCIW (कामको लागि खाद्ययन्न कार्यक्रम)को लागि खटिनु भएको हो । आफु भाडाको कोठा लिएर बसेको घरबाटै एकासी हराउँदा अहिले रावतका आफन्त र अदनचुल गाउँपालिका निवासीहरु खोजी कार्य तिव्र पारेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्